back
CTIZAN AD

डोनारुम्मा रियल आउने उच्च सम्भावना

वि.सं.२०७४ असार २ शुक्रवार

723 

shares

gianluigi-donnarumma-milan_

२ असार,  कााठमाडौँ । स्पेनिश क्लब रियल म्याड्रिडले इटलियन क्लब एसी मिलान बाट व्यवसायिक फुटबल खेल्दै आएका १८ वर्षे जिआनलुइजी डोनारुम्मालाई किन्ने तयारी गरेको छ । रियलले म्यानचेष्टर युनाइटेडका किपर डेभिड डिहिआलाई किन्न खोजेतापनि युनाइटेडले डिहिआलाई बेच्न अस्विकार गरेपछि रियलले १८ वर्षे किशोर डोनारुम्मालाई किन्ने तयारी गरेको हो ।

डोनारुम्माले एसी मिलानले राखेको सम्झौता थपको प्रस्तावलाई अस्विकार गरेसँगै यो समरमा मिलान छाड्ने पक्कापक्की भएको छ । डोनारुम्मलाई किन्न इटलियन च्याम्पियन्स युभेन्ट्स, पिएसजी, तथा इङलिश क्लबहरुले  चाँसो देखाएतापनि रियल म्याड्रिडले किन्ने सम्भावना उच्च रहेको छ । रियलले पहिलो रोजाईका किपर किलोर नाभासलाई बेचेर डोनारुम्मालाई भित्राउन आतुर रहेको स्पेनिश पत्रिकाहरुले जनाएका छन् । उमेरमा १८ वर्ष भएतापनि एकदमै परिपक्व प्रर्दशन गर्दै आएका डोनारुम्मलाई किनेर आफ्नो रक्षात्मक पंक्तिलाई अझै सुधार्ने तयारीमा रियल लागेको छ । निकट भविष्यमा डोनारुम्मा रियल आउने सम्भावना उच्च रहको छ  ।

वि.सं.२०७४ असार २ शुक्रवार ०८:१९ मा प्रकाशित

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...