back
CTIZAN AD

निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की

वि.सं.२०८२ चैत ५ बिहीवार

96 

shares

काठमाडौँ । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने कर्मचारी, सुरक्षाकर्मी तथा आम नेपाली नागरिकप्रति धन्यवाद व्यक्त गरेकी छिन् ।

आज कर्णालीमा पुगेर निर्वाचनमा सहयोग पु्र्याउन सबैलाई धन्यवाद दिएकी प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए । उनी निर्वाचनपूर्वको निरीक्षण भ्रमणमा कर्णाली पुग्न सक्नुभएको थिएन ।

प्रधानमन्त्री कार्की आज बिहान मुगु जिल्लाको रारा पुगेका थिए । त्यहाँ जिल्लास्तरीय सुरक्षा प्रमुखहरूसँग अन्तरक्रिया गरे । त्यसपछि उनी जुम्लाको खलङ्गा पुगेर जिल्लास्तरीय सुरक्षा प्रमुखहरूसँग अन्तरक्रिया गरे । सो क्रममा उहाँले सीमित स्रोतसाधन र कठिन भूगोलका बाबजुद पनि प्रभावकारी समन्वय र प्रतिबद्धताका साथ निर्वाचन सम्पन्न गराएको भन्दै सुरक्षा निकाय र कर्मचारीहरूको प्रशंसा गरे ।

उनले स्थानीय बासिन्दासँग पनि भेटघाट तथा अन्तरक्रिया गर्दै निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन देखाइएको एकता, सद्भाव र सहकार्यप्रति विशेष धन्यवाद व्यक्त गरे । प्रधानमन्त्री कार्कीले भने, “देशले कठिन परिस्थितिमा पनि लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ, यसको श्रेय सम्पूर्ण नेपाली जनतालाई जान्छ ।”

यसै क्रममा, प्रधानमन्त्री कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन पनि गर्नुभयो । विसं २०३७ मा स्थापना भएको उक्त संस्थालाई नेपालकै पहिलो प्राविधिक शिक्षालयमध्ये एक मानिन्छ । विद्यार्थी, शिक्षक तथा स्थानीय बासिन्दाले प्रधानमन्त्रीलाई लालीगुराँस दिएर स्वागत गरेका थिए ।

प्रधानमन्त्री कार्कीको यो भ्रमणको मुख्य उद्देश्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा धन्यवाद व्यक्त गर्नुका साथै छोटो कार्यकालमा सरकारलाई प्राप्त जनसमर्थनप्रति कृतज्ञता प्रकट गर्नुरहेको प्रेस सल्लाहकार रावलले बताए ।

वि.सं.२०८२ चैत ५ बिहीवार १६:३१ मा प्रकाशित

हिउँदे बर्सातले किसानमा खुसी

हिउँदे बर्सातले किसानमा खुसी

भोजपुर । लामो समयको खडेरीपछि परेको हिउँदे बर्सातले भोजपुरका किसानमा...

सांसद तामाङको ’हस्तक्षेप’ विरुद्ध धादिङका १३ वटै पालिका एकजुट, प्रतिकार गर्ने चेतावनी

सांसद तामाङको ’हस्तक्षेप’ विरुद्ध धादिङका १३ वटै पालिका एकजुट, प्रतिकार गर्ने चेतावनी

काठानडौँ । धादिङका स्थानीय तहहरूले संविधानप्रदत्त एकल अधिकारको रक्षाका लागि...

धादिङका १३ स्थानीय सरकारको संयुक्त चेतावनी : संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न आग्रह

धादिङका १३ स्थानीय सरकारको संयुक्त चेतावनी : संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न आग्रह

धादिङ । धादिङ जिल्लाका १३ वटै स्थानीय तहले संयुक्त विज्ञप्ति...

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी । गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४...

कोशीका अस्पतालमा रगतको अभावः सामाजिक सञ्जालबाट रक्तदाता खोज्दै

कोशीका अस्पतालमा रगतको अभावः सामाजिक सञ्जालबाट रक्तदाता खोज्दै

विराटनगर । मोरङको सुन्दरहरैचाका ५२ वर्षीय रमेश थापालाई आफन्तको आकस्मिक...

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।...