back
CTIZAN AD

ग्लोबल मनि विक-२०२६ अन्तर्गत प्रभु बैंकको प्रभातफेरी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ चैत ६ शुक्रवार

633 

shares

काठमाडौं ।  “Learn, Save, Earn” भन्ने मूल नारासहित मनाइँदै आएको “ग्लोबल मनि विक–२०२६” को अवसरमा प्रभु बैंक लिमिटेडको कमलादी शाखाले प्रभातफेरी कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा सहित बैंकका उच्च पदाधिकारी तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सन्देशमूलक प्लेकार्ड तथा ब्यानरहरू प्रदर्शन गरेका थिए।

प्रभातफेरी र्‍याली कमलादीस्थित शाखाबाट सुरु भई दरबारमार्ग, कमलपोखरी चोक हुँदै पुनः कमलादी शाखामा फर्किएर समापन गरिएको थियो। र्‍यालीको क्रममा सर्वसाधारणमा बचत, आम्दानी र वित्तीय व्यवस्थापनसम्बन्धी चेतना फैलाउने उद्देश्य राखिएको थियो।

कार्यक्रममा “Learn, Save, Earn” भन्ने नारालाई विशेष प्राथमिकता दिँदै नागरिकहरूलाई वित्तीय अनुशासन, बचतको महत्व तथा आम्दानी व्यवस्थापनका विषयमा सचेत गराइएको थियो। यसले वित्तीय समावेशिता र जनचेतना अभिवृद्धिमा सहयोग पुर्‍याउने विश्वास बैंकले व्यक्त गरेको छ।

प्रभु बैंक लिमिटेडले हाल देशभर ३१२ शाखा कार्यालय, ३१० एटीएम तथा ७१ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ। “विश्वास लिन्छौं, विश्वास दिन्छौं” भन्ने मूल नारालाई आत्मसात गर्दै बैंकले आधुनिक प्रविधिको प्रयोगमार्फत गुणस्तरीय बैंकिङ तथा वित्तीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहेको जनाएको छ।

वि.सं.२०८२ चैत ६ शुक्रवार १६:०१ मा प्रकाशित

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

काठमाडौँ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा...

भोटेकोशी बाढीबाट वेपत्ता भएका १५८ जनाको शव नवलपुरमा भेटियो 

भोटेकोशी बाढीबाट वेपत्ता भएका १५८ जनाको शव नवलपुरमा भेटियो 

नवलपुर (नवलपरासी) । यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा...

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...