back
CTIZAN AD

काठमाडौंमा पाँचौँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुँदै

वि.सं.२०८२ चैत ६ शुक्रवार

624 

shares

काठमाडौं । ‘उद्यमशीलता फैलाऔँ, युवालाई स्वरोजगार बनाऔँ’ भन्ने नारासहित पाँचौँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौंमा आयोजना हुने भएको छ। चैत्र ८ र ९ गते हुने उक्त सम्मेलनले लघुवित्तमार्फत उद्यमशीलता विस्तार र युवा स्वरोजगारी प्रवर्द्धनमा केन्द्रित रहने जनाइएको छ।

सम्मेलन आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठका अनुसार विश्वका १७७ देशमा लघुवित्त कार्यक्रम सञ्चालन भइरहे पनि सदस्य सम्मेलनको अभ्यास नेपालमै मात्र भएको दाबी गरिएको छ। लघुवित्तका सेवाग्राहीलाई ग्राहक नभई सदस्यका रूपमा हेर्ने परम्पराले उनीहरूको मनोबल बढाउने र संस्थासँगको सम्बन्ध मजबुत बनाउने उनले बताए।

नेपालमा २०७३ सालदेखि निरन्तर रूपमा यस्तो सम्मेलन आयोजना हुँदै आएको छ। लघुवित्तको सफलतामा सदस्यहरूको सक्रिय सहभागिता महत्त्वपूर्ण हुने भएकाले उनीहरूलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गर्नु नेपालको मौलिक अभ्यास भएको श्रेष्ठको भनाइ छ।

हालका दिनमा लघुवित्त क्षेत्रले युवा स्वरोजगारी, विद्यार्थीका लागि ‘पढ्दै कमाउँदै’ कार्यक्रम तथा गरिबी निवारणका लागि ‘थ्री जिरो’ अवधारणालाई प्राथमिकतामा राख्दै आएको छ। विशेषगरी वैदेशिक रोजगारीमा गएका वा फर्किएका युवाहरूलाई स्वदेशमै उद्यमी बनाउन लघुवित्त संस्थाहरूले महत्त्वपूर्ण भूमिका खेलिरहेको जनाइएको छ।

यद्यपि, लघुवित्त क्षेत्रमा केही चुनौतीहरू पनि देखिएका छन्। कतिपय सदस्यहरूले आवश्यकता भन्दा बढी ऋण लिने र विभिन्न संस्थाबाट कर्जा लिएर त्यसको प्रभावकारी उपयोग नगर्दा ऋण तिर्न कठिनाइ हुने अवस्था सिर्जना भएको अध्यक्ष श्रेष्ठले स्वीकार गरे। यस सन्दर्भमा नेपाल राष्ट्र बैंकले एउटै व्यक्तिलाई बहुविध संस्थाबाट कर्जा लिन रोक लगाउने तथा कर्जाको सीमा निर्धारण गर्ने जस्ता निर्देशनहरू जारी गरिसकेको उल्लेख गरिएको छ।

आगामी सम्मेलनले घरघरमा उद्यमशीलता विकास गर्दै सदस्यहरूको आर्थिक अवस्था सुदृढ बनाउने लक्ष्य राखेको छ। सदस्यहरू समृद्ध भए मात्र समग्र देशको आर्थिक अवस्था मजबुत हुने विश्वास व्यक्त गरिएको छ। साथै, लघुवित्त क्षेत्रमा रहेका कमजोरीहरूलाई सुधार गर्दै प्रभावकारी रूपमा अगाडि बढ्ने प्रतिबद्धता पनि जनाइएको छ।

अध्यक्ष श्रेष्ठका अनुसार सदस्यहरू उद्यमी बनेपछि ऋण तिर्ने क्षमता वृद्धि हुने र यसले गरिबी निवारणमा ठोस योगदान पुर्‍याउनेछ। विश्व बैंक र संयुक्त राष्ट्रसंघजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले गरिबी न्यूनीकरणमा काम गरिरहे पनि ग्रामीण तहमा लघुवित्तको भूमिका अझ प्रभावकारी र महत्वपूर्ण रहेको उनको भनाइ छ।

वि.सं.२०८२ चैत ६ शुक्रवार १६:४२ मा प्रकाशित

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको...