back
CTIZAN AD

बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने

वि.सं.२०८२ चैत ८ आइतवार

447 

shares

भक्तपुर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई ‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा गर्ने तयारी गरिएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले रासससँगको कुराकानीमा स्वास्थ्य मन्त्रालयले प्रत्येक जिल्लाको एउटा सहर वा पालिकालाई स्वस्थ्य सहर बनाएर घोषणा गर्नेगरी अभियान सञ्चालन गरेको जानकारी दिए ।

यसका लागि प्रदेशका १३ वटै जिल्लाका जनस्वास्थ्य कार्यालय प्रमुख, जिल्ला अस्पतालका प्रमुख एवं प्रतिनिधिलगायत सरोकार भएका निकायलाई स्वस्थ, सुरक्षित र दिगो सहर निर्माणका लागि आवश्यक कार्ययोजना तयार गर्ने विषयमा छलफल तथा अभिमुखीकरणसमेत सम्पन्न गरिसकेको उनले जानकारी दिए । अभिमुखीकरण अनुसार आवश्यक तयारी थाल्न उहाँले सरोकार भएका सबैलाई निर्देशन दिए ।

प्रदेशका प्रत्येक जिल्लामा स्वास्थ्यमैत्री वातावरण निर्माण गर्ने, स्वास्थ्यका अत्यावश्यक पूर्वाधार पु¥याउने, जिल्लाका नागरिकको स्वास्थ्य, सरसफाइ तथा जीवनस्तर अभिवृद्धि गर्ने, सहज स्वास्थ्य सेवाको पहुँच पु¥याउने गरी ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण अभियानलाई अगाडि बढाउने निर्णय गरिएको मन्त्री थापामगरले उल्लेख गरे ।

प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव सुमित्रा गौतमले स्वास्थ्य क्षेत्रको प्रभावकारी कार्यान्वयन, उपलब्धि मूल्याङ्कन तथा सुधारका अवसरको पहिचान गरी प्रत्येक जिल्लालाई स्वस्थ्य सहर निर्माण गरी स्वस्थ्य नागरिक बनाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको धारणा राखे ।

उनले बागमतीलाई स्वास्थ्य क्षेत्रमा नमूना प्रदेश बनाउने लक्ष्यका साथ स्वास्थ्य क्षेत्रलाई व्यवहारिक, दिगो र परिणाममुखी बनाउनेगरी योजना तर्जुमा गरिएको जानकारी दिए । प्रदेशका १३ वटै जिल्लामा स्वास्थ्य सेवामा गुणस्तरीय बनाउने, पहुँच विस्तार, जनचेतना वृद्धि तथा प्रविधिको प्रभावकारी प्रयोग गर्दै प्राथमिकताका क्षेत्र निर्धारण गरी प्रदेशको समग्र स्वास्थ्य प्रणाली सुदृढीकरण गर्ने लक्ष्य लिइएको उनकोे भनाइ छ ।

प्रत्येक नागरिकले उपचार आफ्नै जिल्लाका अस्पतालमा सहज रूपमा पाउने गरी व्यवस्था गर्दै अस्पताललाई उपकरण, प्रविधिमैत्री बनाउने गरी व्यवस्थापनको तयारी थालिएको स्वास्थ्य सचिव गौतमले जानकारी दिए । स्वस्थ्य सहर, स्वस्थ्य नागरिकका लागि प्रदेश स्वास्थ्य मन्त्रालयले अभियान सञ्चालन गर्नेगरी प्रत्येक जिल्लामा तयारी गरिएको उनले बताए ।

वि.सं.२०८२ चैत ८ आइतवार १५:३० मा प्रकाशित

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि...

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...