back
CTIZAN AD

मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति

वि.सं.२०८२ चैत ९ सोमवार

324 

shares

म्याग्दी । बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हुँदै वडा नम्बर ३ को दूधेखोला जोड्ने सडक मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति भएको छ ।

पूर्वाधार विकास कार्यालय, म्याग्दीमार्फत सञ्चालित हाँडेभिर–बगरफाँट–भकिम्ली सडकको बगरफाँट–कोप्रे–दूधेखोला खण्डलाई फरालिलो, घुम्ती तथा मोड, ग्रेड सुधार, नाली र टेवा पर्खाल निर्माण गरेर स्तरोन्नति गरिएको हो ।

विसं २०६४ मा कृषि सडकका रूपमा बेनीबजारदेखि बेनी नगरपालिका–२ को हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली सडकको ‘ट्याक’ मार्ग खुलेको थियो । हाँडेभिरबाट बगरफाँटको बुद्ध एकेडेमीसम्मको सडकको मङ्गलाघाट पारीको भीर बाहेकको क्षेत्रमा दुई वर्षअघि नै कालोपत्र भइसकेको छ ।

बगरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर बढी सडकलाई फराकिलो बनाउने, नाली, पर्खाल र ग्राभेल भएपछि स्थानीयवासीलाई सुविधा पुगेको बेनी नगरपालिका–२ बगरफाँटका चन्द्रबहादुर घिमिरेले बताए।

‘साँघुरो, खाल्डाखुल्डी भएको सडकमा वर्खामा पानी र हिलो जमेर आवतजावतमा असहज भएको थियो’, उनले भने, ‘सडक स्तरोन्नति भएपछि २० मिनेटको यात्राअवधी पाँच मिनेटमा छोटिएको छ ।’

आयोजनाको हल्लेगौडा क्षेत्रमा ३९० मिटर ढलान, नाली सफा, भत्किएको ठाउँमा मर्मत सुधारबाहेक ८० प्रतिशत काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि नीरज भण्डारीले बताए।

गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत बहुवर्षीय योजनाको रूपमा छनोट भएको यस योजना निर्माणका लागि विसं २०८१ जेठ महिनामा पूर्वाधार विकास कार्यालयले पाँच करोड ५९ लाखमा सडक स्तरोन्नतिको लागि माछापुच्छ्रे हिमालयन जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।

यस सडक स्तरोन्नतिका लागि १० करोड लागत अनुमान गरी ठेक्का प्रतिस्पर्धामार्फत योजनालाई कार्यान्वयन गराइएको हो । यो योजनाबाट बगरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ग्राभेल भएपछि आवतजावत सहज, यात्रा अवधि छोटिएको कोप्रेका बासिन्दा ओमबहादुर घर्तीमगरले बताए।

दूधेखोलादेखि भकिम्ली जोड्ने सडकको विभिन्न खण्डमा ३९० मिटर सडक ढलान गर्न बाँकी छ । यही चैत महिनासम्म ठेक्काको म्याद रहे पनि प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन नगरेका कारण काम गर्न समस्या भएको निर्माण व्यवसायी भण्डारीले बताए।

बागलुङको ताराखोला र काठेखोला गाउँपालिका जोडिने यो सडक बेनी नगरपालिकाको २, ३, ४ र मङ्गला गाउँपालिकाको ३ र ४ का बासिन्दाले सदरमुकाम बेनी आउन जान प्रयोग गर्छन् ।

वि.सं.२०८२ चैत ९ सोमवार १३:४१ मा प्रकाशित

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई...

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार...

मलेसियाबाट फर्केर कृषिमा जमेका चौधरी बने उत्कृष्ट कृषक, राष्ट्रपतिद्धारा पुरस्कृत

मलेसियाबाट फर्केर कृषिमा जमेका चौधरी बने उत्कृष्ट कृषक, राष्ट्रपतिद्धारा पुरस्कृत

महेन्द्रनगर । सात वर्षअघि वैदेशिक रोजगारीका शिससिलामा मलेसिया मजदुरी गर्न...

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन...

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले बढ्दो बसाइँसराइ रोक्न ‘गाउँ फर्क...

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

सुरुङ्गा (झापा) । नेपाली प्रहरीले पाँच किलो गाँजा र १४...