back
CTIZAN AD

इटालियन प्रिमियम बाइक ‘मोर्बिडेली’ नेपालमा, वैद्य अर्गनाइजेशनको नयाँ पहल

वि.सं.२०८२ चैत ९ सोमवार

609 

shares

काठमाडौं । Vaidya Organization of Industries & Trading Houses ले इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड Morbidelli लाई नेपाली बजारमा आधिकारिक रूपमा भित्र्याएको घोषणा गरेको छ। दुईपांग्रे सवारी क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउने रणनीतिअन्तर्गत कम्पनीले यो साझेदारी अघि बढाएको हो।

करिब पाँच दशक लामो अनुभव बोकेको वैद्य अर्गनाइजेशनले नेपालमा Toyota गाडीको आधिकारिक वितरण गर्दै विश्वासिलो पहिचान बनाएको छ। पछिल्ला वर्षहरूमा कम्पनीले दुईपांग्रे क्षेत्रमा पनि विस्तारलाई तीव्रता दिएको छ।

यसअघि कम्पनीले प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather लाई नेपाल भित्र्याएर सफलता हासिल गरिसकेको छ। एथरको सकारात्मक बजार प्रतिक्रिया पछि कम्पनीले अब प्रिमियम मोटरसाइकल सेग्मेन्टमा थप सशक्त उपस्थिति जनाउने लक्ष्य राखेको छ।

इटालीको प्रतिष्ठित ब्रान्ड मोर्बिडेली प्रिमियम डिजाइन, शक्तिशाली इन्जिन र रेसिङ हेरिटेजका लागि विश्वभर परिचित मानिन्छ। कम्पनीका अनुसार यस ब्रान्डले नेपाली युवा तथा बाइक पारखीलाई उच्चस्तरीय राइडिङ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

मोर्बिडेलीमार्फत प्रिमियम सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्यसहित वैद्य अर्गनाइजेशनले निकट भविष्यमा विभिन्न मोडेल सार्वजनिक गर्दै देशव्यापी सञ्जाल विस्तार गर्ने योजना बनाएको छ।

मोर्बिडेली विश्वव्यापी रूपमा Keeway Group अन्तर्गत सञ्चालन हुने ब्रान्ड हो, जसअन्तर्गत Benelli लगायतका अन्तर्राष्ट्रिय मोटरसाइकल ब्रान्डहरू समेत रहेका छन्।

वि.सं.२०८२ चैत ९ सोमवार ११:३४ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...