back
CTIZAN AD

प्रभु बैंकद्वारा देशव्यापी ‘ग्लोबल मनी विक–२०२६’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ चैत ९ सोमवार

462 

shares

काठमाडौं । प्रभु बैंक लिमिटेड ले ‘ग्लोबल मनी विक–२०२६’ को अवसरमा देशव्यापी रूपमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। “स्मार्ट मनी टक्स” भन्ने मूल नाराका साथ २०८२ चैत २ गतेदेखि सुरु भएको कार्यक्रम चैत ८ गते सम्पन्न भएको बैंकले जनाएको छ।

बैंकका अनुसार सातै प्रदेशमा रहेका २०० भन्दा बढी शाखा कार्यालयमार्फत साताव्यापी अभियान सञ्चालन गर्दै वित्तीय साक्षरता, बालबालिका तथा युवालक्षित सचेतनामूलक कार्यक्रम र प्रभातफेरी आयोजना गरिएको थियो।

उक्त कार्यक्रमहरुमा समुदाय, महिला, बालबालिका तथा विद्यालय र कलेजका विद्यार्थीलाई लक्षित गरी आधुनिक बैंकिङ, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ सेवा तथा त्यससँग सम्बन्धित सावधानीका विषयमा जानकारी प्रदान गरिएको बैंकले जनाएको छ। साथै डिजिटल माध्यममार्फत हुने ठगीबाट जोगिन अज्ञात स्रोतका लिंक नखोल्न, संवेदनशील विवरण साझा नगर्न समेत सचेतना फैलाइएको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको कार्यक्रममा वाग्मती प्रदेशका ४७, गण्डकीका ५२, लुम्बिनीका १६, कोशीका ३९, मधेशका २९, कर्णालीका १४ तथा सुदूरपश्चिमका १९ शाखाबाट सहभागिता जनाइएको बैंकले जनाएको छ।

बैंकले आफ्ना सामाजिक सञ्जालमार्फत समेत वित्तीय सचेतनासम्बन्धी सामग्री तथा सन्देशहरू प्रवाह गर्दै आएको जनाएको छ। हाल बैंकका देशभर ३१२ शाखा कार्यालय, २८५ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

“विश्वास लिन्छौं, विश्वास दिन्छौं” भन्ने नारासहित बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धात्मक रूपमा अगाडि बढिरहेको जनाएको छ।

वि.सं.२०८२ चैत ९ सोमवार ११:०४ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...