back
CTIZAN AD

महालक्ष्मी विकास बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

वि.सं.२०८२ चैत ९ सोमवार

486 

shares

काठमाडौं । महालक्ष्मी विकास बैंक ले ग्लोबल मनी विक २०२६ को अवसरमा देशभर वित्तीय साक्षरता तथा सचेतना कार्यक्रमहरु सम्पन्न गरेको छ। बैंकले २०८२ चैत २ गतेदेखि चैत ८ गतेसम्म साताव्यापी रूपमा सञ्चालन गरिएको अभियान अन्तर्गत वित्तीय पहुँच बाहिर रहेका लक्षित वर्गलाई केन्द्रित गरी विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ।

बैंकका अनुसार देशभर रहेका शाखा कार्यालय तथा प्रादेशिक कार्यालयमार्फत दरबारमार्ग, हेटौंडा, इटहरी, भैरहवा, पोखरा, वीरगञ्ज, धनगढी, डडेलधुरा, लहान लगायतका स्थानमा विद्यार्थी तथा युवालाई लक्षित गरी वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको थियो। “स्मार्ट मनी टक्स” भन्ने मूल नारासहित सञ्चालन गरिएका कार्यक्रमहरुमा एक हजारभन्दा बढीको सहभागिता रहेको जनाइएको छ।

उक्त कार्यक्रमहरुमा बचत, कर्जा, लगानी, विद्युतीय वित्तीय सेवा, विप्रेषण, बीमा, जोखिम व्यवस्थापन, वित्तीय अनुशासन तथा वित्तीय ठगी सम्बन्धी विषयमा जानकारी प्रदान गरिएको बैंकले जनाएको छ। साथै नेपाल राष्ट्र बैंक लगायतका संस्थाहरुको सहकार्यमा आयोजित प्रभातफेरी तथा सचेतनामूलक कार्यक्रमहरुमा समेत बैंकले सक्रिय सहभागिता जनाएको थियो।

यसै अवसरमा बैंकको नेपालगञ्ज शाखाले बाँकेको एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको जनाएको छ। साथै सामाजिक सञ्जालमार्फत पनि विभिन्न सचेतनामूलक सामग्री तथा भिडियो प्रसारण गरी वित्तीय शिक्षाको महत्वबारे जनचेतना फैलाउने प्रयास गरिएको बैंकले उल्लेख गरेको छ।

“सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसात गर्दै विगत ३१ वर्षदेखि सेवा दिँदै आएको बैंकका देशभर १०३ शाखा र करिब ८ लाख ५० हजार ग्राहक रहेको जनाइएको छ।

वि.सं.२०८२ चैत ९ सोमवार ११:०० मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...