back
CTIZAN AD

बाग्मती प्रदेश सरकारद्वारा रु २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

वि.सं.२०८२ चैत ९ सोमवार

435 

shares

बाग्मती । बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा वार्षिक लक्ष्यको ३६ दशमलव २९ प्रतिशत अर्थात् रु २४ अर्ब ४९ करोड दुई लाख ८७ हजार राजस्व सङ्कलन गरेको छ ।

घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुन सम्ममा रु ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व सङ्कलन हुने लक्ष्य राखिएको थियो । यो लक्ष्यको तुलनामा ४५ दशमलव १३ प्रतिशत अर्थात् रु १३ अर्ब ९३ करोड ९७ लाख १५ हजार राजस्व सङ्कलन भएको बाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत सुरज पौडेलले जानकारी दिए ।

उनका अनुसार चालु आव २०८२/८३ मा घरजग्गा रजिष्ट्रेसन शीर्षकबाट रु सात अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा पहिलो आठ महिनामा रु दुई अर्ब ५६ करोड दुई लाख चार हजार राजस्व सङ्कलन भएको छ ।

यसैगरी, प्रदेश सरकारले सवारीसाधन जाँचपास, रुट पर्मिट, सवारीचालक अनुमतिपत्र वितरण तथा नवीकरणअन्तर्गत सवारी कर शीर्षकबाट आव २०८२÷८३ मा रु आठ अर्ब २५ करोड अनुमान गरिएकामा रु चार अर्ब ४४ करोड ९३ लाख ४० हजार राजस्व सङ्कलन गरेको छ ।

यस्तै, प्रदेश सरकारले बाँडफाँडबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत रु आठ अर्ब ७९ करोड ८६ लाख ६७ हजार प्राप्त हुने अनुमान गरिएकामा सो अवधिसम्ममा रु पाँच अर्ब चार करोड ६५ लाख १७ हजार सङ्कलन भएको छ भने अन्तःशुल्क करबापत रु चार अर्ब तीन करोड ७९ लाख नौ हजार प्राप्त हुने अनुमान गरिएकामा रु एक अर्ब ७५ करोड तीन लाख ३६ हजार प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत रु १४ अर्ब ८१ करोड ९३ लाख प्राप्त हुने अनुमान गरिएकामा आठ महिनाको अवधिमा त्यसको ५३ दशमलव ६० प्रतिशत अर्थात् रु सात अर्ब ९४ करोड २७ लाख ५६ हजार प्राप्त भएको अधिकृत पौडेलले बताए ।

यस्तै, चालु आव २०८२÷८३ मा प्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्वबाट रु चार अर्ब ७७ करोड ७४ लाख २५ हजार प्राप्त हुने अनुमान गरिएकामा आठ महिनाको अवधिमा लक्ष्यको ५२ दशमलव ३५ प्रतिशत अर्थात् रु दुई अर्ब ५० करोड १२ लाख १८ हजार प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद–बिक्री कारोबारमा आएको कमी, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदेश सरकारको राजस्व सङ्कलन गर्ने विभिन्न निकायमा पुगेको क्षतिलगायतका कारणले अपेक्षाकृत राजस्व सङ्कलन हुन नसकेको उनकोे भनाइ छ ।

वि.सं.२०८२ चैत ९ सोमवार १५:२७ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...