back
CTIZAN AD

इरान-इजरायल तनाव थप चर्कियो

वि.सं.२०८२ चैत १० मंगलवार

207 

shares

तेहरान । मध्यपूर्वमा युद्धविरामको सम्भावना झल्किएको केही घण्टामै इरानले इजरायलमाथि नयाँ क्षेप्यास्त्र प्रहार गरेपछि क्षेत्रीय तनाव फेरि तीव्र बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘धेरै राम्रो’ वार्ता भइरहेको दाबी गर्नुभएको भए पनि तेहरानले औपचारिक रूपमा कुनै संवाद नरहेको स्पष्ट पारेको छ ।

ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि गोप्य वार्ता भइरहेको उल्लेख गर्दै पाँच दिनभित्र सहमति नभए कडा सैन्य कदम चालिने चेतावनी दिएका थिए । उनकोे उक्त अभिव्यक्तिले विश्व बजारमा सकारात्मक सङ्केत देखिएको थियो भने तेलको मूल्यमा पनि गिरावट आएको थियो । तर इरानले भने यस्तो दाबी अस्वीकार गर्दै यसलाई बजारमा प्रभाव पार्ने प्रयासका रूपमा व्याख्या गरेको छ ।

अमेरिकी पक्षले इरानका उच्च तहका नेतासँग संवाद भइरहेको जनाएको थियो । केही सञ्चारमाध्यमले इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफलाई वार्ताको प्रमुख पात्रका रूपमा उल्लेख गरेका छन् । साथै अमेरिकी प्रतिनिधिहरू स्टिभ विटकफ र जारेड कुशनरले पाकिस्तानमा सम्भावित भेटवार्ता गर्न सक्ने चर्चा पनि गरिएको छ । यद्यपि ह्वाइट हाउसले औपचारिक पुष्टि नगरेसम्म यस्ता विवरणलाई अन्तिम मान्न नहुने बताएको छ ।

यसैबीच, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग संवाद गर्दै क्षेत्रीय शान्तिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । तर इरानका अधिकारीहरूले प्रत्यक्ष वार्ता नभएको दोहो¥याइरहेका छन् ।

इजरायलतर्फ भने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकासँग सहमति सम्भव भएको सङ्केत पाए पनि आफ्नो देशको सुरक्षाका लागि इरान र लेबनानमा सैन्य कारबाही जारी रहने बताएका छन् । उनका अनुसार हालको सैन्य उपलब्धिलाई कूटनीतिक अवसरमा रूपान्तरण गर्न सकिने अवस्था देखिएको छ ।

मङ्गलबार बिहान इरानी सरकारी सञ्चारमाध्यमहरूले इजरायलमाथि नयाँ क्षेप्यास्त्र आक्रमण भएको जानकारी दिएका छन् । इजरायलको उत्तर क्षेत्रमा केही संरचनामा क्षति पुगेको भए पनि मानवीय क्षति नभएको जनाइएको छ । उता, लेबनानमा इजरायलले दक्षिण बेरुतमा लगातार हवाई आक्रमण गरेको विवरण सार्वजनिक भएको छ ।

यसअघि ट्रम्पले इरानको ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्ने चेतावनी दिनुभएको थियो । तर सम्भावित प्रतिशोधको जोखिमलाई ध्यानमा राख्दै उहाँ पछि हट्नुभएको विश्लेषकहरूले बताएका छन् । क्षेत्रीय ऊर्जा आपूर्ति र जलडमरूमध्यमा आवागमन अवरुद्ध हुँदा विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चिन्ता बढ्दै गएको छ ।

इरानले स्ट्रेट अफ होर्मुजमार्फत हुने तेल आपूर्ति प्रभावित पारेपछि विश्व बजारमा अस्थिरता देखिएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका प्रमुखले यस्तो अवस्था लम्बिँदा ऐतिहासिक ऊर्जा सङ्कट निम्तिन सक्ने चेतावनी दिएका छन् । हाल तेलको मूल्य उच्च विन्दुमा पुगेपछि ट्रम्पको वार्ता दाबीले केही राहत दिएको देखिएको छ ।

युद्ध विस्तारसँगै लेबनानमा इजरायलको स्थलगत अभियान पनि तीव्र बनेको छ । इजरायलले इरान समर्थित हिजबुल्लाहविरुद्ध कारबाही बढाएको छ भने हजारौँ मानिस प्रभावित भएका छन् । उपलब्ध विवरणअनुसार, द्वन्द्वमा हजारौँको ज्यान गइसकेको छ, तर स्वतन्त्र रूपमा तथ्य पुष्टि गर्न कठिन रहेको बताइएको छ ।

समग्रमा, कूटनीतिक संवादको चर्चा चलिरहे पनि मैदानमा सैन्य गतिविधि नरोकिनुले मध्यपूर्वमा द्वन्द्व झन् जटिल बन्दै गएको सङ्केत गरेको छ ।(रासस/एएफपी)

वि.सं.२०८२ चैत १० मंगलवार १४:३० मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

आज ४ गते शुक्रवार: तपाईँको राशिफल कस्तो छ ?

आज ४ गते शुक्रवार: तपाईँको राशिफल कस्तो छ ?

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो,...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...