back
CTIZAN AD

पुगेन आँखा उपचारको सहज पहुँच, भएन सचेतना

वि.सं.२०८२ चैत १२ बिहीवार

177 

shares

काठमाडौँ । विगत एक वर्षमा ४ लाख भन्दाबढी आँखाका बिरामीहरुको निःशुल्क उपचार गरिएको छ । नेपाल नेत्रज्योति संघको सञ्जालभित्र आवद्ध २८ आँखा अस्पताल, २२६ आँखा उपचार केन्द्र तथा बिभिन्न बाह्य कार्यक्रमहरु मार्फत ४ लाख ५४ हजार ९ सय ४२ जना आँखाका बिरामीहरुको निःशुल्क उपचार गरिएको हो ।

संघका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले संघद्वारा नेपाल सरकार तथा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय विकास साझेदार संस्थाहरुको सहयोग तथा अस्पतालहरुको आन्तरिक श्रोतबाट निःशुल्क उपचार गरिएको जानकारी दिए । उनका अनुसार सन् २०२५ मा संघको सञ्जाल मार्फत ३३ लाख ७८ हजार ४२ जना आँखाका बिरामीहरुको आँखा परीक्षण गरि २ लाख ६६ हजार ४०१ जनाको शल्यक्रिया गरिएको छ । कार्यकारी निर्देशक डा.मिश्रले भने, “ सन् २०२५ मा संघद्वारा सञ्चालित आँखा अस्पताल, उपचार केन्द्र तथा विभिन्न वाह्य कार्यक्रमहरु मर्फत २५ हजार ५ सय ६५ जनाको निःशुल्क शल्यक्रिया समेत गरिएको छ ।”

नेपाल सरकारबाट आँखा उपचार सेवा देशका सबै जनताको घरदैलोमा पु¥याउने दायित्व र निर्देशन प्राप्त भए अनुरुप स्वयमसेवक तथा कर्मचारीहरु मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्य, निर्देशन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरु, प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय जनसमुदाय एबं दाताहरुको साथ र सहयोगमा आँखा स्वास्थ्य सेवालाई सर्वसाधारणको सहज, सर्वसुलभ र गुणस्तरीय उपचारमा पहुच पु¥याउन संघले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।

नौ लाख बढी विदेशी नागरिक आँखा उपचार : अधिकांश भारतीय

संघका महासचिव भरतबहादुर चन्दका अनुसार संघ अन्तर्गतका अस्पतालहरुले प्रवाह गर्ने सेवाकै कारण छिमेकी मुलुक भारत, बंगलादेश, भुटान लगायतका मुलुकका नागरिकहरु समेत नेपालमा आँखा उपचारका लागि आउने गरेका छन् । उनले भने “ एक बर्ष अर्थात् सन् २०२५ मा मात्र संघको सञ्जाल मार्फत ९ लाख ११ हजार ९८० जना अन्य देशका नागरिकहरुको आँखा परीक्षण गरि १ लाख ५३ हजार ८६ बिरामीहरुको शल्यक्रिया गरिएको छ । यसमा अधिकांश भारतीय नागरिकहरु छन् । ”

उनले नेपालमा उपलब्ध उच्चस्तरीय आँखा उपचार सेवाका कारण विदेशी नागरिकहरू समेत उपचारका लागि नेपाल आउने क्रम निरन्तर बढिरहेको देखाएको छ जानकरी दिए । महासचिव चन्दले भने, “अब हाम्रो प्राथमिकता अझ व्यापक रूपमा आम नागरिकहरूलाई गुणस्तरीय आँखा उपचार सेवाको पहुचमा ल्याउँदै नेपाललाई आँखा उपचारको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्नु हो । यसका लागि नेपाल सरकारसँग सहकार्य गर्दै दीर्घकालीन योजना तथा कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्दै अघि बढिरहेका छौं ।”

अझै आँखा स्वास्थ्यमा जनचेतनाको अभाव

संघका अध्यक्ष प्राडा चेजराज पन्तले नेपालमा आँखा उपचारका क्षेत्रमा धेरै विकास भएता पनि अझै पनि धेरै नेपालीहरु आँखा उपचार सम्बन्धी जनचेतनाको अभावमा उपचारबाट बन्चित रहेको जानकारी दिए ।

उनका अनुसार नेपालका ७ वटै प्रदेशलाई समेट्ने गरी सन् २०२१ मा गरिएको आरएएबी (च्ब्ब्द्य) सर्वेले समेत आँखा उपचार सम्बन्धी जनचेतनाका अभावमा सबैभन्दा बढि नागरिकहरु आँखा उपचार सेवाबाट बञ्चित रहेको देखाएको छ । उनले भने ,“सबै मिलेर आँखा उपचार सम्बन्धी जनचेतना जगाउन आवश्यक छ । ”

गैरसरकारी संस्थाका रुपमा विस २०३५ साल चैत्र १३ गते संघको स्थापना भएको थियो । संघ आफ्नो स्थापनाको ४७ वर्ष पार गरी ४८ वर्षमा प्रवेश गरेको छ । ४८औँ नेत्रज्योति दिवसको सन्दर्भमा संघले आँखा स्वास्थ्य सेवामा गुणस्तर अभिवृद्धि, प्रविधिको प्रयोगमार्फत सेवा सुदृढीकरण तथा समुदायस्तरमा सचेतना विस्तारलाई अझ प्राथमिकतामा राखेको संघले जनाएको छ ।

अध्यक्ष प्राडा पन्तले अब संघले आँखा उपचार सेवाको दायरालाई विस्तार गर्दे अन्धोपन न्यूनिकरणको अभियान सञ्चालन गर्ने जानकारी दिए । उनले भने, “अहिले नेपालमा अन्धोपनाको अवस्था ०.२८ प्रतिशत छ यसलाई हामीले सन् २०३० सम्ममा ०.२० प्रतिशतमा झार्ने गरी काम गरिरहेका छौ । ”

संघले रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरण, समयमै परीक्षण र उपचारको पहुँच विस्तार, तथा बालबालिका, ज्येष्ठ नागरिक र जोखिममा रहेका समूहलाई लक्षित कार्यक्रमहरूलाई तीव्रता दिइने जनाएको छ ।

स्थापनादेखि सन् २०२५ को अन्तिमसम्ममा संघको सञ्जाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी ५ करोड २ लाख ४८९ जना जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।

वि.सं.२०८२ चैत १२ बिहीवार १२:१० मा प्रकाशित

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

काठमाडौँ । श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा...

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...