back
CTIZAN AD

नासाको नयाँ मिशनः चन्द्रमातर्फ मानवताको ठूलो कदम

वि.सं.२०८२ चैत २० शुक्रवार

396 

shares

केप क्यानाभरल, फ्लोरिडा  । नासाको ‘आर्टेमिस–२’ मिशनका चार जना अन्तरिक्षयात्रीहरू शुक्रबार फ्लोरिडाको केनेडी अन्तरिक्ष केन्द्रबाट चन्द्रमातर्फ उडेका छन् । यो मानव इतिहासमा पचास वर्षपछि चन्द्रमाको नजिक पहिलो यात्रा हो ।

उहाँहरूले पृथ्वीको वरिपरि २५ घण्टा बिताएपछि चन्द्रमातर्फको मार्गतर्फ बढेका हुन् । यसले मानिसलाई पृथ्वीको नजिकको कक्षबाट मुक्त गर्दै चार लाख किलोमिटर टाढा चन्द्रमातर्फ पठाएको छ ।

नासाका निर्देशकले पत्रकार सम्मेलनमा भन्नुभयो, “यो सन् १९७२ पछि पहिलो पटक मानिसहरूले पृथ्वीको कक्षाबाट बाहिर यात्रा गरेका छन् ।”

क्यानाडाका अन्तरिक्षयात्रीले भन्नुभयो,“हामी सबैले क्याप्सुलको झ्यालबाट पृथ्वीलाई पछाडि छोड्दै अनौठो दृश्य अवलोकन गरिरहेका थियौं । यो अनुभव अविस्मरणीय छ ।”

आर्टेमिस–२ परीक्षण उडानले नासाको भविष्यका ठूलो योजनाहरूको सुरुवात गरेको छ । यसले चन्द्रमामा दीर्घकालीन बासस्थान र मानव बसोबासको तयारीको मार्ग खोल्नेछ । कमाण्डर, पाइलट र अन्य दुई अन्तरिक्षयात्रीले चन्द्रमाको वरिपरि उडान गरेर फिर्ता आउँछन् । यस क्रममा उनीहरूले अपोलो मिशनका दूरी रेकर्ड तोड्नेछन् र पुनः प्रवेश गर्दा सबैभन्दा छिटो गति हासिल गर्न सक्छन् । (रासस/एपी)

 

वि.सं.२०८२ चैत २० शुक्रवार १३:५४ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...