back
CTIZAN AD

आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन, ३३ हजारको सहभागी हुने

वि.सं.२०८२ चैत २१ शनिवार

483 

shares

काठमाडौँ । नेपाली सेनाले करिब ९० हजार अवकाश प्राप्त सैनिकहरूबीच पुनर्मिलन गराउने हेतुले २०७० सालबाट भूतपूर्व सैनिक सम्मेलन कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

‘एक पटकको सिपाही, जीवन रहेसम्म सिपाही’ रहने हुँदा अवकाश प्राप्त सैनिकका आश्रित परिवारको शिक्षा र स्वास्थ्यको सुनिश्चितता गर्ने कार्य सैनिक कल्याणकारी कोषले गर्दै आइरहेको छ ।

हरेक प्रधान सेनापतिको कार्यकालमा एक पटक सञ्चालन गरिने भूतपूर्व सैनिक सम्मेलनलाई वैज्ञानिक र व्यवस्थित बनाउन तीन चरणमा विभाजन गरी प्रत्येक चरणमा योजनाबद्ध तरिकाबाट निश्चित प्रदेशहरूमा कार्यक्रम सञ्चालन गरी तीन वर्षमा समग्र देशभरी कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ । यस वर्ष सञ्चालन हुने भूपू सैनिक सम्मेलनको मूल भाव ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ रहेको छ ।

सैनिक व्यक्तिहरूको अवकाशपछिको जीवनमा थप ऊर्जा प्रदान गर्ने, एकापसमा भेटघाट गरी आफ्ना सुख–दुःखका अनुभवहरू साट्ने, बहालवाला सैनिक र अवकाश प्राप्त सैनिकहरूबीच सामीप्यको भावना जागृत गराउने, नेपाली सेनाद्वारा सञ्चालित विविध कल्याणकारी कार्यहरूको जानकारी गराई अझै समयानुकूल सुधारको लागि थप राय सुझावहरू सङ्कलन गरी प्रभावकारी बनाउने उद्देश्यले भूपू सैनिक सम्मेलन आयोजना हुँदै आएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए । भूपू सैनिक सम्मेलन समग्र राष्ट्र तथा नेपाली सेनाका लागि पूर्वसैनिकले सेवारत रहँदा पु¥याएको सेवा र समर्पणको यथोचित सम्मान पनि हो ।

भूपू सैनिक सम्मेलनले समाजमा छरिएर रहेका भूपू सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिहरूबीच पुनर्मिलन गरी आपसी भाइचाराको विकास गर्दै अपनत्वको भावना कायम गर्नुका साथै भूपू सैनिक तथा एकल महिलाहरू र आश्रित परिवारहरूको आर्थिक, सामाजिक एवम् भौतिक जीवनस्तरमा सुधारका लागि महत्त्वपूर्ण पक्षहरू जस्तै शिक्षा, स्वास्थ्य, स्वरोजगार, पुनःरोजगार तथा आवासजस्ता कल्याणकारी आवश्यकताहरूको सम्बोधन गर्दै आइरहेको छ ।

यस किसिमका सम्मेलनमार्फत सेनाप्रति समर्पित भूपू सैनिक तथा एकल महिलाहरूको सञ्जाल निर्माण तथा सोको परिचालन गरी नियमित सेना र भूपू सेनाबीच आपसी हितका लागि सहकार्यको वातावरण सृजना गर्नुका साथै भूपू सैनिक व्यक्तिहरू र प्रधान सेनापतिबीच प्रत्यक्ष अन्तक्र्रिया तथा छलफल गर्न कोसेढुङ्गा सावित भएको छ ।

यस वर्ष योजना गरिएको भूपू सैनिक सम्मेलनमा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका ३३ हजार जनाको उपस्थिति रहने अनुमानसहित चैत महिनाको तेस्रो र चौथो तथा वैशाख महिनाको पहिलो हप्ता गरी चार चरणमा भूपू सञ्चालन गर्न लागिएको छ ।

यसवर्ष मध्यपश्चिम पृतनाअन्तर्गत रूपन्देही, दाङ, प्युठान, रोल्पा, पूर्वरुकुम, पश्चिम रुकुम, सल्यान, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, नवलपरासी पश्चिम, नवलपरासी पूर्व तथा पश्चिम पृतनाअन्तर्गत कास्की, म्याग्दी, मुस्ताङ, मनाङ, पर्वत, बाग्लुङ, स्याङ्जा, गोरखा, लमजुङ, तनहुँ र मध्यपूर्वी पृतना अन्तरगत सिन्धुली, रामेछाप, दोलखा, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी गरी कूल ३४ जिल्लामा यही चैत २२ देखि आगामी वैशाख ४ गतेसम्म आयोजना हुनेछ ।

अवकाश प्राप्त सैनिक एवं पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिलाई लक्षित गरी सञ्चालन हुँदै आएको भूपू सैनिक सम्मेलनले विशिष्ट महत्व बोकेको छ । यस किसिमका सम्मेलनले हिताधिकारीको आत्मीयता, भरोसा एवं विश्वास बढ्दै गएको महसुस गरिएको छ भने सम्पूर्ण हिताधिकारीहरूको प्रतिष्ठा र आत्मसम्मानमा समेत वृद्धि भएको पाइन्छ । स्थान विशेषमा रहेका हिताधिकारीहरूको चाहना, आवश्यकता, राय सुझाव र गुनासाहरू नेतृत्व तहबाट स्थान विशेषमै गएर बुझी उनीहरूको समस्या समाधान गराउनेतर्फ ठोस निर्णय लिनसमेत यस प्रकारका कार्यक्रम फलदायी हुनुका साथै कल्याणकारी सेवा सुविधालाई अझै परिमार्जित र परिस्कृत गर्दै लैजान मद्दत पुग्ने विश्वास लिइएको छ ।

 

वि.सं.२०८२ चैत २१ शनिवार ०७:४४ मा प्रकाशित

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

काठमाडौं । रसुवा जोड्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काम...

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका मुख्य सडकहरू अझै पूर्ण...

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न...

बहराइनले नेपाललाई दियो ८८ रन

बहराइनले नेपाललाई दियो ८८ रन

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी...

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार...