काठमाडौं । सनिमा बैंकले आफ्ना डिजिटल कारोबार प्रवर्द्धन अभियानअन्तर्गत ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र सफलतालाई मध्यनजर गर्दै ‘बससेवा क्यासब्याक’ योजना पुनः सञ्चालनमा ल्याएको छ।
बैंकका अनुसार उक्त योजना अन्तर्गत सनिमा बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बससेवा मार्फत बस टिकट खरिद गर्ने ग्राहकहरूले आकर्षक क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन्। नेपालभित्र यात्रा गर्दा ग्राहकले १५ प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म तथा भारत यात्रा गर्दा १५ प्रतिशत वा अधिकतम ४०० रुपैयाँसम्म क्यासब्याक पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ।
यो योजना २०८१ साल वैशाख १ गतेदेखि असोज ३१ गतेसम्म लागू रहनेछ। बैंकले यस अभियानमार्फत डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई थप प्रोत्साहन गर्दै ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ। साथै, बैंकले नवप्रवर्तन र अत्याधुनिक प्रविधिको प्रयोगमार्फत ग्राहकमैत्री सेवा विस्तार गर्दै विभिन्न क्यासब्याक योजना तथा छुटका अफरहरू पनि सार्वजनिक गर्दै आएको छ।
यसका अतिरिक्त, सनिमा बैंकका डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले विभिन्न पसल, होटल, रेस्टुरेन्ट तथा अन्य व्यापारिक प्रतिष्ठानहरूमा पनि आकर्षक छुट तथा क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन्। विस्तृत जानकारीका लागि बैंकको वेबसाइटमार्फत जानकारी लिन सकिनेछ।
हाल सनिमा बैंकले देशभरका सातै प्रदेशमा १३६ शाखा कार्यालय तथा १२९ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।
वि.सं.२०८२ चैत ३० सोमवार १५:०३ मा प्रकाशित






























