back
CTIZAN AD

वैशाखमा वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, औसत निक्षेपदर ४.४० प्रतिशतमा सीमित

वि.सं.२०८२ चैत ३० सोमवार

273 

shares

काठमाडौँ । नेपालका वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्, जसअनुसार निक्षेपको ब्याजदरमा सामान्य गिरावट देखिएको छ । चैत महिनाको तुलनामा वैशाखमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको हो ।

चैतमा व्यक्तिगत निक्षेपतर्फ औसत ब्याजदर ४.४९ प्रतिशत रहेकोमा वैशाखमा घटेर ४.४० प्रतिशतमा झरेको छ । त्यस्तै संस्थागत निक्षेपतर्फ चैतमा ३.२९ प्रतिशत रहेको औसत ब्याजदर वैशाखमा घटेर ३.२३ प्रतिशतमा सीमित भएको छ ।

बैंकगत रूपमा हेर्दा केही बैंकहरूले ब्याजदर घटाएका छन् भने केहीले यथावत् राखेका छन्।

सिटिजन्स बैंक इन्टरनेशनल र एभरेस्ट बैंकले व्यक्तिगत निक्षेपदरमा क्रमशः ०.३५ र ०.२० प्रतिशतले ब्याजदर घटाएका छन ्।
त्यसैगरी हिमालयन बैंकले व्यक्तिगततर्फ ०.५० प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशतले ब्याजदर घटाएको छ।

नबिल बैंकमा संस्थागत निक्षेपदर ०.५४ प्रतिशतले घटेको छ भने त्यस्तै एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि ०.२५ प्रतिशतले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन्।
त्यस्तै सिद्धार्थ बैंकमा दुवै प्रकारका निक्षेपदरमा ०.२५ प्रतिशतले गिरावट आएको छ ।

त्यस्तै माछापुच्छ्रे बैंक, एनएमिब बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक, नेपाल एसबिआई बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक र सानिमा बैंकले दुवैतर्फको ब्याजदर यथावत् राखेका छन्।

वि.सं.२०८२ चैत ३० सोमवार १५:२१ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...