back
CTIZAN AD

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

वि.सं.२०८३ जेठ ४ सोमवार

81 

shares

भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवीखेती विस्तार भइरहेको छ । दीर्घकालीन आम्दानी लिन सकिने सम्भावना देखिएपछि वडाले पनि किवीखेतीलाई प्राथमिकतामा राख्दै किसानलाई प्रोत्साहन गर्दै आएको छ ।

किवीखेतीका लागि उपयुक्त भूगोल र हावापानी रहेको क्षेत्रलाई लक्षित गर्दै वडाले हालसम्म करिब १७० जना किसानलाई किवीका बिरुवा वितरण गरिसकेको वडाध्यक्ष सुनिल राईले जानकारी दिए । उनका अनुसार हालसम्म करिब दुई हजार ५०० भन्दा बढी बिरुवा वितरण भइसकेको छ ।

“हाम्रो वडामा किवीखेतीको राम्रो सम्भावना छ”, वडाध्यक्ष राईले भने, “किसानको रुचि पनि यसतर्फ बढ्दो छ । किवीका माध्यमबाट किसानलाई आयआर्जनमा जोड्ने लक्ष्यसहित खेती विस्तारमा जोड दिएका छौँ ।”

किसानलाई व्यावसायिक कृषि उत्पादनतर्फ आकर्षित गर्ने उद्देश्यले वडा कार्यालयले बिरुवा वितरणसँगै प्राविधिक सहयोग पनि उपलब्ध गराउँदै आएको जनाएको छ । यहाँको हावापानी किवीखेतीका लागि अनुकूल भएकाले किसानलाई व्यावसायिक रूपमा खेती विस्तार गर्न प्रोत्साहन गरिएको हो ।

वडाको सहयोग पाएपछि यहाँका अधिकांश किसान व्यावसायिक किवीखेतीतर्फ आकर्षित भएको स्थानीय भीमसेन राई बताउँछन् । “एकपटक विस्तार गरेपछि सामान्य हेरचाहमै वर्षौँसम्म आम्दानी लिन सकिने भएकाले किसान यसतर्फ आकर्षित भएका हौँ”, उनले भने ।

उनका अनुसार अहिले आफ्नै १० रोपनी जमिनमा करिब १५० बोट किवीखेती विस्तार गरिएको छ । राम्रो फलेको एक बोटबाट नौ हजार रुपैयाँसम्म आम्दानी लिएको उनले जानकारी दिए । त्यस्तै, अर्का किसान तेजन विष्टले पनि वडाबाट बिरुवा र प्राविधिक सहयोग पाएपछि किवीखेतीमा उत्साह थपिएको बताए । परम्परागत बालीको तुलनामा किवीबाट राम्रो आम्दानी लिन सकिने भएकाले आफूहरू यसतर्फ लागेका उनको भनाइ छ । हाल ५० बोट खेती विस्तार गरेको उनले बताए ।

हाल वडाका मझौले, खावा, रमितेलगायतका क्षेत्रमा किवीखेती विस्तार हुँदै गएको छ । वडाको पहल र किसानको सक्रियतासँगै यस क्षेत्र किवी उत्पादनको सम्भावित केन्द्रका रूपमा विकास हुँदै गएको स्थानीय किसानको भनाइ छ ।

वि.सं.२०८३ जेठ ४ सोमवार १०:५९ मा प्रकाशित

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय...

अव्यवस्थित तार हटाइँदै

अव्यवस्थित तार हटाइँदै

चितवन । भरतपुर महानगरपालिकाभित्रका सहरी क्षेत्रमा रहेका विद्युत्का ‘पोल’हरुमा रहेका...

जङ्गली भ्याकुर खाँदा एकको मृत्यु, आठ जना बिरामी

जङ्गली भ्याकुर खाँदा एकको मृत्यु, आठ जना बिरामी

बलेवा (बागलुङ) । निगुरो टिप्न जङ्गल गएकाहरुले ल्याएको भ्याकुर खाँदा...

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

म्याग्दी । यहाँको मङ्गला गाउँपालिका–२ कोत्रवाङका एक दम्पतीले बिहेभोजमा हुने...

कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी

कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी

दाङ । यहाँको घोराही उपमहानगरपालिका–२ निमुरियाका मुना चौधरी स्थानीयस्तरमा सञ्चालनमा...