back
CTIZAN AD

घाँसको स्रोत केन्द्र स्थापना

वि.सं.२०७४ असार ५ सोमवार

1.2K 

shares

५ असार, बाबियाचौर (म्याग्दी) । बेनी नगरपालिका–२ खबरामा घाँसको स्रोत केन्द्र स्थापना भएको छ ।

जिल्ला पशुसेवा कार्यालयले म्याग्दीमा आवश्यक पर्ने बर्खे, हिउँदे, भुई तथा डाले घाँसको बिरुवा र बीउ आपूर्तिका लागि खबरालाई स्रोत केन्द्र बनाएको हो । खबरामा गठित राधाकृष्ण घाँस उत्पादन कृषक समूहमार्फत घाँसको बीउ र बिरुवा उत्पादन गर्न थालिएको छ ।

यस वर्ष १२ हजार किम्बुका बिरुवाका उत्पादन गर्नुका साथै राइखन्यु, नेपीयरलगायत जातका घाँसको नर्सरीसमेत स्थापना भएको कृषक सोवित शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जैघाँस र टियोसेन्टी जातको भुई घाँसको बीउ उत्पादन गरी पशु सेवा कार्यालयमार्फत व्यावसायिक कृषकलाई उपलब्ध गराउने योजना रहेको छ ।

तेह्र जना कृषकले कम्तीमा तीन रोपनीका दरले घाँसको बीउ र बिरुवा उत्पादन सुरु गरेका छन् । कृषकलाई स्थलगत तालिम, घाँसको बीउ, सिँचाइका लागि पाइपलगायतका सामग्री सहयोग गरिएको पशु विकास अधिकृत नरबहादुर बानियाँले जानकारी दिनुभयो ।
गाउँमै चिकित्सक सेवा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेको नांगी सामुदायिक टेलीमेडिसीनले चिकित्सक सेवा सुरु गरेको छ ।

एक दशकदेखि इन्टरनेटको सहायताले काठमाडौँ मोडेल अस्पतालका चिकित्सकसँग बिरामीलाई प्रत्यक्ष सम्र्पक गराई सेवा दिँदै आएको टेलीमेडिसीनमा चिकित्सक उपस्थित भएर सेवा दिन थालेका हुन् ।

काठमाडौँमा रहेको स्वास्थ्य जनसरोकार ट्रस्ट नेपाल (फेस्ट)ले टेलीमेडीसीनमा दुई जना चिकित्सकको व्यवस्था गरेको छ ।
अन्नपूर्ण गाउँपालिकाको नांगी, राम्चे, काफलडाँडा, हिस्तान, जलजला गाउँपालिकाको लेकफाट, शालीजा, वनमडे, डाँडाकटेरीका बासिन्दा लाभान्वित भएका छन् । रासस

वि.सं.२०७४ असार ५ सोमवार ०३:१७ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...