back
CTIZAN AD

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

वि.सं.२०८३ जेठ २६ मंगलवार

219 

shares

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना लक्ष्यअघि नै सम्पन्न भएको छ ।

म्याग्दी नदीको कटान र बाढीको जोखिममा परेको तातोपानी बस्ती संरक्षणका लागि जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालय पोखराले ठेक्कामार्फत ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण गरेको हो ।

कार्यालयका इन्जिनियर नरजङ गुरुङले मसारस्थित म्याग्दी नदी किनारमा एक सय दुई मिटर लामो, भुइँमा चार मिटर चौडाइ भएको तीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथी ग्याविन पर्खाल निर्माण गरिएको जानकारी दिए । उनका अनुसार रु तीन करोड ६८ लाख ८६ हजार ४८६ लागत अनुमान गरिएको उक्त योजना निर्माणका लागि आरआरसी/जेमी जेभीसँग विसं २०८२ वैशाख १० मा रु दुई करोड ७१ लाख ८४४ मा सम्झौता भएको थियो ।

आगामी असार २० गतेसम्मको ठेक्का अवधि भए पनि लक्ष्यभन्दा एक महिनाअगावै योजना सम्पन्न गरिएको निर्माण कम्पनीका प्रतिनिधि रामचन्द्र कार्कीले जानकारी दिए । गत माघ महिनादेखि निर्माण थालिएकामा इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुत कम्पनीले पाएको जिम्मेवारी समयमै पूरा गरेको उनले बताए ।

विसं २०७८ मा म्याग्दी नदीमा आएको बाढीले तातोपानीस्थित फापरखेत र मसारमा कटान गरेको थियो । मसारमा दुई वटा घर भत्किएका थिए । योजना सम्पन्न भएपछि नदी कटानको जोखिममा रहेको फापरखेतमा रहेको सरस्वती मावि, ज्वालामाई भगवती आमा समूहको भवन र मसारको १७ घरपरिवार लाभान्वित भएका छन् ।

करिब एक सय परिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि म्याग्दी नदीको कटानको जोखिममा छ । यसअघि ग्यावियन पर्खाल निर्माण गरेर नदी नियन्त्रण गरिँदै आएकामा गत वर्षदेखि पक्की पर्खाल निर्माण गर्न थालिएको वडाध्यक्ष अणबहादुर खड्काले बताए ।

गत वर्ष सङ्घीय सरकारको बजेट सहयोगमा सरस्वती माविको पछाडि ६६ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरिएको थियो ।

यस्तै, प्रदेश सरकारको सहयोगमा उपल्लो तातोपानी बजार पछाडि ४० मिटर लामो पलम, शेयर र ग्यावियन पर्खाल निर्माण गरिएको थियो । यसपालि प्रदेश सरकारले विनियोजन गरेको रु २० लाख बजेटबाट पनि सोही क्षेत्रमा थप संरचना निर्माण गरिएको छ । प्राकृतिक उपचारस्थलको रूपमा परिचित तातोपानी म्याग्दीको प्रमुख पर्यटकीयस्थल हो ।

वि.सं.२०८३ जेठ २६ मंगलवार १४:२३ मा प्रकाशित

नेपालसँग कृषि तथा व्यापारिक सहकार्य विस्तारमा बंगलादेशको जोड

नेपालसँग कृषि तथा व्यापारिक सहकार्य विस्तारमा बंगलादेशको जोड

काठमाडौं। नेपालसँग कृषि तथा व्यापारिक सहकार्य विस्तार गर्दै कृषि उत्पादन,...

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...