back
CTIZAN AD

संसद्‍मा पेस भएको आर्थिक विधेयक मन्त्रालयबाटै फेरबदल, अर्थमन्त्री डा. वाग्लेको राजीनामा माग्दै राप्रपा

वि.सं.२०८३ जेठ २६ मंगलवार

336 

shares

काठमाडौँ । जेठ १५ गते संसद्‍मा पेस गरिएको आर्थिक विधेयकमा करको दर हेरफेर गरी १६ पाना हटाइएको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा मागेको छ ।

राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले आर्थिक विधेयकको पृष्ठ संख्या घटाइएको र करको दरमा फेरबदल गरिएको गम्भीर विषयमा तत्काल छानबिन प्रक्रिया अगाडि बढाउनुपर्ने अडान राख्दै अर्थमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने बताएकी हुन् ।

‘नैतिकता र निष्पक्षताको दृष्टिकोणले उहाँ (अर्थमन्त्री) जिम्मेवारीबाट पर रहनुपर्छ,’ प्रमुख सचेतक ओलीले भनिन् ।

प्रकरण के हो ?
अर्थमन्त्री डा. वाग्लेले जेठ १५ गते संसद्‍मा दर्ता गराएको आर्थिक विधेयक कुल ४६४ पृष्ठको थियो । तर, अर्थ मन्त्रालयले पछि आफ्नो वेबसाइटमा सार्वजनिक गरेको परिमार्जित विधेयकमा पृष्ठ संख्या घटेर ४४८ मात्र छ । मन्त्रालयले संसद्‍मा पेस भइसकेको आधिकारिक दस्तावेजबाट १६ पाना हटाएर वेबसाइटमा राखेपछि यो विषयले राजनीतिक र कानुनी मोड लिएको हो ।

संसद्‍मा दर्ता भइसकेको र वेबसाइटमा पछिल्लो पटक राखिएको विधेयकमा करसम्बन्धी व्यवस्थाहरू नै फरक पाइएका छन् ।

कानुनी र संसदीय व्यवस्था
संसदीय अभ्यास र कानुनका जानकारहरूका अनुसार संसद्‍मा एक पटक पेस भइसकेको कुनै पनि विधेयकमा संशोधन वा परिमार्जन गर्ने विशेषाधिकार केवल संसद्लाई मात्र हुन्छ । विधेयकमा कुनै त्रुटी सच्याउनु परेमा वा व्यवस्था फेर्नु परेमा अनिवार्य रूपमा संसद्‍मै संशोधन प्रस्ताव दर्ता गराएर स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ । संसद्‍को अनुमतिबिना अर्थ मन्त्रालय वा मन्त्री आफैँले विधेयकका पाना हटाउने वा करका दर हेरफेर गर्ने अधिकार कानुनले दिएको छैन ।

यसअघि यही विषयलाई लिएर श्रम संस्कृति पार्टीले समेत अर्थमन्त्री वाग्लेको राजीनामा मागिसकेको छ । प्रमुख प्रतिपक्षी दलहरूले संसद्‍मा पेस भइसकेको विधेयकमा अनाधिकृत रूपमा केरमेट र फेरबदल गरिएको भन्दै सरकारको कडा आलोचना गरिरहेका बेला राप्रपाले पनि औपचारिक रूपमा अर्थमन्त्रीको राजीनामा माग गर्दै विरोधलाई थप सशक्त बनाएको हो ।

वि.सं.२०८३ जेठ २६ मंगलवार १४:३८ मा प्रकाशित

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौँ । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा...

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...