back
CTIZAN AD

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

वि.सं.२०८३ असार १४ आइतवार

243 

shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै कक्षा १२ को नतिजा प्रकाशनमा गम्भीर त्रुटि भएको आरोप लगाउँदै छानबिनको माग गरेका छन् ।

नेपाली कांग्रेसका गीता गुरुङले कक्षा १२ को परीक्षाफलमा त्रुटि भएको भनी विद्यार्थीबाट उठेका आवाजलाई सम्बोधन गरी छानबिन गर्नुपर्नेमा जोड दिँदै दोषीलाई कारबाही गर्न माग गरे ।

सोही पार्टीका प्रमिला गच्छदारले प्रभावित विद्यार्थीहरु आन्दोलित भइरहेको बताउँदै त्यसतर्फ सरकार गम्भीर हुनुपर्छ भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका इन्दिरा रानामगरले झापाको विर्तामोड नगरपालिका–३ भएर बग्ने अदुवाखोला पुलमा टिप्परले ठक्कर दिई अनुकृति चापागाइँको मृत्यु भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । मृतकका परिवारलाई पीडकले धम्क्याएको घटनामा छानबिन गर्न उहाँले गृह प्रशासनसमक्ष अनुरो गरे ।

नेकपा (एमाले)का नीता घतानीले भविष्यमा सवारी चालकले लापरबाही ढङ्गले सवारी चलाउँदा हुनसक्ने घटना हुन नदिन कठोर कानुनी व्यवस्था आवश्यक भएको विचार व्यक्त गर्दै पीडित परिवारलाई उचित राहतको प्रबन्ध गर्न माग गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका श्रद्धा कुँवरक्षेत्रीले विश्वकप फुटबल जारी रहँदा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) फिफाबाट निलम्बनमा पर्नुले सम्पूर्ण नेपाली खेलाडी र खेलप्रेमी मर्माहत भएका तथा राष्ट्रको प्रतिष्ठामा आँच आएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकबाट धेरै रकम जरिवाना गरेर सडक दुर्घटना नघट्ने जनाउँदै सडक पूर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरे ।

नेकपा (एमाले)का डा अर्जुन कार्कीले सङ्खुवासभामा निर्माणाधीन प्रसारण लाइनको कामलाई रोकिन नहुने माग गरे ।

सोही पार्टीकी अम्बिकादेवी सङ्ग्रौलाले बिपी राजमार्गअन्तर्गत रोशीखोलाले कटान गरेको सडक खण्ड तत्काल पुनः निर्माण गर्नुपर्नेमा जोड दिईन् ।

रास्वपाका मोहनलाल आचार्यले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकका खाल्डा तत्काल पुर्न प्रमुख जिल्ला अधिकारीमार्फत आयोजना प्रमुखलाई निर्देशन दिइए पनि त्यो कार्यान्वयन नभएको दुखेसो गरे ।

सोही पार्टीका केपी खनालले कैलालीको लम्कीचुँहा अस्पताल सञ्चालनका लागि प्रदेश सरकार गम्भीर नभएको आरोप लगाए ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद बलावती शर्माले सुकुमवासी तथा भूमिहीन नागरिकका समस्या तत्काल समाधान गर्न र प्रदेशसभा खारेजी तथा स्थानीय तहको सङ्ख्या कटौती गर्न नहुने बताए ।

नेपाली कांग्रेसका प्रकाशसिंह कार्कीले सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–३ का नारायणप्रसाद पराजुली आज करेन्ट लागेर गम्भीर दुर्घटना परेको जनाउँदै जलविद्युत् आयोजनाका तार असुरक्षित रुपमा नछाड्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

वि.सं.२०८३ असार १४ आइतवार १२:३८ मा प्रकाशित

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर । भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ...

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...