back
CTIZAN AD

अवैध कल वाइपास गरेको आरोपमा पक्राउ

वि.सं.२०७४ असार ६ मंगलवार

756 

shares

६ असार,  गौशाला । महोत्तरी प्रहरीले अवैध रुपमा कल वाइपास गरेको आरोपमा जलेश्वर नगरपालिका– ५ बिसनपुर बस्ने ३१ वर्षीय मोहम्मद अजमतलाई आज पक्राउ गरेको छ ।

अभियुक्त अजमतले डेढ महिनादेखि आफ्नै गाउँमा एउटा पुरानो घर भाडामा लिई अवैध कल सेन्टर खोलेर कल वाइपास गर्दै आएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

अजमतले सञ्चालन गरेको अवैध कल सेन्टरबाट कल वाइपास गर्न प्रयोग हुने राउटर र माइक्रोवेभ एन्टिना युपिएस, स्टेब्लाइजर, पावरबोर्ड र झोला एक एक थान, ठूलो ब्याट्री, मोबाइल र स्पिकर दुई दुई थान, विभिन्न कम्पनीका प्रयोग भएका नेपाली रिचार्ड कार्ड पाँच थान, इलेक्ट्रोनिक्स केबुल २० मिटर र लाइन केबुल १५ मिटर बरामद गरिएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो । अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

ट्रकको ठक्करबाट मृत्यु

बर्दिवास– ३ पाटुमा सोमबार ट्रकको ठक्करबाट बर्दिवास– ३ बस्ने घनश्याम थापाका छवर्षीय छोरा आदित्यको मृत्यु भएको छ ।

घर नजिकै रहेको एक निजी विद्यालय अगाडि खेलिरहेका बालक अचानक बर्दिवास–सिन्धुली सडकखण्डमा पुगेपछि बर्दिबासबाट सिन्धुली जाँदै गरेको ना ४ख ४२९५ नंको ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालकको मृत्युपछि आफन्त तथा स्थानीयवासीले बर्दिवास–सिन्धुली सडकखण्ड साँझ ५ बजेदेखि अवरुद्ध गरेपछि स्थानीयवासी र प्रहरीको सहयोगमा गए राति ९ बजेदेखि पुनःसञ्चालन भएको जनाइएको छ ।

वि.सं.२०७४ असार ६ मंगलवार ०७:५८ मा प्रकाशित

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा...

आधा दर्जन पुल अलपत्र

आधा दर्जन पुल अलपत्र

चन्द्रपुर (रौतहट) । रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने...

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक...

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले शिक्षण संस्थामासमेत हप्तामा दुई दिन...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुनचाँदीको मूल्यमा केही गिरावट

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको...