back
CTIZAN AD

रर्याफ्टिङका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य

वि.सं.२०७४ असार ६ मंगलवार

1.7K 

shares

Bhotekoshi-Rafting

 काठमाडौँ । साहसिक पर्यटनप्रति विदेशी पर्यटकको आकर्षण बढ्दो छ । नेपालमा पदयात्रा, पर्वतारोहणपछि बढी सम्भावना बोकेको ¥याफ्टिङ अर्थात् जलयात्रा पर्यटन हो । व्यावसायिक ¥याफ्टिङमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रुचि बढ्दै गइरहेको छ । नेपालमा ¥याफ्टिङको अथाह सम्भावना भए पनि यसको प्रवद्र्धनमा यथेष्ट ध्यान नपुगेको व्यवसायी बताउँछन् ।

¥याफ्टिङ व्यवसायी नानीकाजी थापा प्रचुर सम्भावनालाई उपयोग गरी आवश्यक प्रसार र प्रवद्र्धन नहुँदा ¥याफ्टिङले व्यावसायिक फड्को मार्न नसकेको बताउनुहुन्छ ।

नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) का पूर्व अध्यक्षसमेत रहेका थापाले ¥याफ्टिङ व्यवसायलाई व्यवस्थित गर्ने सरकारी नीतिको अभाव र व्यवसायभित्रको विकृतिले ¥याफ्टिङको सान्दर्भिकता र साख गिर्दै गएको स्वीकार्नुहुन्छ ।

“प्रचारप्रसारको कमीले जलयात्राप्रति विदेशी आकर्षण कम छ, पछिल्लो समय ¥याफ्टिङमा आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ” – उहाँले भन्नुभयो ।

नेसनल जियोग्राफीका अनुसार विश्वका उत्कृष्ट १० जलयात्रामा नेपाल १०औँ स्थानमा पर्छ । स्रोत र साधनका हिसाबले नेपाल दक्षिण एसियाकै उत्कृष्ट गन्तव्य हो । नेपालको ¥याफ्टिङलाई एसियाको मुहानका रुपमा पनि लिइन्छ ।

नेपालमा छ हजार नदीनाला छन् । त्यसमध्ये १६ वटा नदीमात्र सरकारले जलयात्राका लागि खुल्ला गरेको छ जसमध्ये त्रिशूली, भोटेकोसी, सुनकोसी र कालीगण्डकी चल्तीका व्यावसायिक गन्तव्य हुन् ।

ठूला नदी, भू–बनोट, प्राकृतिक सुन्दरताको दृश्यावलोकन तथा सहरदेखि टाढा शान्त ठाउँमा ¥याफ्टिङ गर्न सकिने हुँदा नेपाल उत्कृष्ट मानिन्छ । यिनको मज्जा लिन एकदेखि १२ दिनसम्मका प्याकेजहरु उपलब्ध छन् ।

नदी नभएका देशहरूले ¥याफ्टिङका लागि ठूलो धनराशि खर्चेर कृत्रिम नदी बनाई ¥याफ्टिङ चलाइरहेका छन् । केही वर्षअघि मात्र दुबईमा समुद्रको पानीबाट कृत्रिम नदी बनाइएको थियो । सन् २०१२ को लण्डन ओलम्पिकमा पनि ¥याफ्टिङका लागि कृत्रिम नदी बनाइएको थियो ।

नेपालमा प्राकृतिक नदीहरुको रमणीय बहाव र आकर्षक छालसहितको लामो गन्तव्यले जल पर्यटनको आकर्षण बढाएको हो । तर कुन–कुन नदी के–के कामका लगि उपयुक्त छन् भन्ने प्राथमिकता निर्धारण नहुँदा ¥याफ्टिङ व्यवसाय अलमलिएको व्यवसायी थापाको भनाइ छ ।

नाराका अध्यक्ष चन्द्र दाहालले निकै सम्भावना बोकेको जलयात्रा पर्यटन नेपालको पर्यटन बजारको एक सशक्त आधार मानिए पनि यसको व्यावसायिक प्रवद्र्धन गर्ने काम हुन नसकेको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो – “भूकम्पपछि उठ्नै नसकेको क्षेत्र भनेको ¥याफ्टिङ हो । यो कहिल्यै सरकारी प्राथमिकतामा परेन । नदी अतिक्रमणले पनि झन् सङ्कट निम्त्याइदिएको छ । यसबारे उचित नीति आवश्यक छ ।”

राजधानी नजिकैका त्रिशूली, भोटेकोसी, सुनकोसी जस्ता नदीमा जलयात्रा गरी रमाउन बर्सेनि उल्लेख्य सङ्ख्या पर्यटक पुग्छन् ।

त्रिशूली काठमाडौँ उपत्यका, पोखरा, चितवनलगायतका पर्यटकीय क्षेत्रबाट पनि नजिक दूरी रहेकाले जलयात्राका लागि निकै लोकप्रिय मानिन्छ ।

यहाँका टुइन्ज रक, लेडिज डिलाइट, लेन्स साइट, अपसेट र सरप्राइजजस्ता मुख्य ¥यापिडले गर्दा त्रिशूलीको आकर्षण बढेको हो ।

जलयात्रा पथप्रदर्शक अरुण थपलियाका अनुसार त्रिशूलीको जलयात्राबाट पर्यटकले मज्जा लिने भनेकै छाल हो ।

नेपालमा ¥याफ्टिङका लागि त्रिशूलीपछि सेती, भोटेकोसी, कालीगण्डकी, मस्र्याङ्दी, अरुण, तमोर र कर्णाली नदी महत्वपूर्ण गन्तव्य मानिन्छ । त्यसमध्ये कर्णाली सबैभन्दा लामो (१० दिनको यात्रा) मानिन्छ भने त्रिशूली सबै किसिमले सहज मानिन्छ । अर्को महत्वपूर्ण भोटेकोसी नदीलाई मानिन्छ ।

गैरकानुनी रुपमा जलयात्रा सञ्चालन हुनु, पर्यटक आफैँ आएर जलयात्रा गर्नु, जलयात्राका लागि खुल्ला गरिएका नदीहरुमा विद्युत्गृह निर्माणका लागि बाँध निर्माण गरिनुुलगायतका कारण जलयात्रा चुनौतीपूर्ण बन्दै गएको व्यवसायीको बुझाइ छ ।

नाराको विवरणअनुसार नेपालमा जलयात्राका लागि ७२ वटा कम्पनी दर्ता छन् । वार्षिक रुपमा करिब ४० हजार पर्यटकले जलयात्राको मज्जा लिने गरेका छन् ।

जलयात्राका लागि विश्वका उत्कृष्ट १० मध्ये नेपालका तीन नदी सुनकोसी, भोटेकोसी र कर्णाली (आकर्षक छाल र लामो भएकाले) उत्कृष्ट मानिएका छन् ।

वि.सं.२०७४ असार ६ मंगलवार १०:१८ मा प्रकाशित

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा...

नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको १७औँ साधारण सभा सम्पन्न

नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको १७औँ साधारण सभा सम्पन्न

काठमाडाैँ । नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघ (एनडब्लुएफपीईए)...