back
CTIZAN AD

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

वि.सं.२०८३ वैशाख ७ सोमवार

948 

shares

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर गजुरेल “पाककला गौरव सम्मान २०८३” बाट सम्मानित भएका छन्। नेपाली खानाको प्रवर्द्धन, नवप्रवर्तन र पाककला शिक्षामा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो। रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘रैथाने खाना प्रवर्द्धन तथा सञ्चारकर्मीसँग प्राकृतिक भोजन कार्यक्रम’ आयोजना गरिएको छ । कार्यक्रम ग्लोरी मिडिया तथा न्युजलाइन्स मिडियाको संयुक्त आयोजनामा शनिबार ककनीमा सम्पन्न भएको हो ।

कार्यक्रममा सोल्टी ग्रुपका कर्पोरेट एक्ज्युकेटिभ सेफ युवराज पोख्रेल, वरिष्ठ सेफ मोहन गजुरेल, नेपाल सेफ एसोसिएसनका निवर्तमान अध्यक्ष रेशम लामा तथा प्रवासी सेफ सुवास थापालाई ‘पाककला गौरव सम्मान’ प्रदान गरिएको थियो । साथै, विभिन्न क्षेत्रमा योगदान गर्नेहरूलाई कदरपत्रसमेत प्रदान गरिएको थियो ।

ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले रैथाने खानालाई विश्वस्तरमा चिनाउने आवश्यकता रहेको बताए । न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्टको संयोजनमा सम्पन्न कार्यक्रममा वरिष्ठ सेफ मोहन गजुरेलले रैथाने खानाका विभिन्न परिकारको आकर्षक प्रदर्शनीसमेत गरे ।

विगत लामो समयदेखि होटल तथा पर्यटन क्षेत्रमा सक्रिय गजुरेलले रैथाने परिकारलाई आधुनिक प्रस्तुतीकरणमार्फत लोकप्रिय बनाउन विशेष भूमिका खेलेका छन्। साथै, उनले युवापुस्तालाई लक्षित गर्दै विभिन्न तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएका छन्, जसले नेपाली पाककला क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुगेको छ। कार्यक्रममा बोल्दै आयोजकहरूले गजुरेलको योगदानले नेपाली खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण टेवा पुगेको बताएका थिए। सम्मान ग्रहण गर्दै सेफ गजुरेलले आगामी दिनमा पनि नेपाली खानाको संरक्षण र प्रवर्द्धनमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

पछिल्लो समय बजारमा अर्गानिक तथा नेचुरल खानेकुराको माग पनि बढ्दै गएको छ। यस्ता खाद्य पदार्थहरूमा रासायनिक मल तथा विषादीको प्रयोग कम हुने भएकाले स्वास्थ्यका लागि सुरक्षित मानिन्छन्। तर, विज्ञहरूले “नेचुरल” नाम दिइएका सबै खाद्य पदार्थ पूर्ण रूपमा स्वस्थ नहुन सक्ने चेतावनी दिएका छन्। त्यसैले उपभोक्ताले खानेकुरा छनोट गर्दा त्यसको गुणस्तर र सामग्रीबारे जानकारी लिन आवश्यक रहेको बताइएको छ। अन्त्यमा, प्राकृतिक भोजनलाई दैनिक जीवनमा समावेश गर्दा मानिस स्वस्थ, तन्दुरुस्त र ऊर्जावान बन्न सक्ने विश्वास गरिएको छ।

रैथाने खाना प्रवर्द्धन तथा संचारकर्मिसंग प्राकृतिक भोजन कार्यक्रम मा बन्ने खाना छोपहरू सिलाम,भाङ्गो,फर्सी,चुच्चे करेला,आलस ,स्टवेरि र चुकन्दर सर्वत,स्टवेरि वमईन,राजा च्याउका परिकार,पनिरका परिकार,मकै,भटमास,फापर,कोदोको फुरौला,जोगि तरकारि,बासमति भात,खसिको झोल,मिसमास दाल झानेको ,फर्सिको हलुवा लगाएतका परसकार वनेका छन ।

भोजन कार्यक्रमका भोजन तयारिका संयोजक विगत २३ वर्ष देखि होटल,ग्रामीण पर्यटन होमस्टे,सिटिईभिटि,तालिम केन्द्र ,कलेजहरू लगाएतको क्षेत्रमा ६६ जिल्ला भन्दा वढि ठाउँमा स्थानिय परिकार सिक्ने र सिकाउने कामका एक सफल काभ्रेको धुलिखेलमा जन्मेका सेफ मोहन बहादुर गजुरेल ।

रैथाने खाना वनाउन सेफहरू शंकर जिरेल ,नकुल धिताल,विजय घिमिरे विफल,विक्रम जैरू,परिवेश ढुंगाना ,विकास घिसिंग र व्यवस्थापन तर्फ रमजकुमार सापकोटा,मन्जिल मानन्धर,विवस पहरि,विमेश सापकोटा,विवस सापकोटा,प्रशान्त वडाल लगाएतले रैथाने खाना वनाउन सहयोग गरेका थिए ।

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:३५ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...