back
CTIZAN AD

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

वि.सं.२०८३ असार २५ बिहीवार

333 

shares

काठमाडौं । चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौंमा हालै सम्पन्न दलाई लामाको जन्मोत्सव कार्यक्रममा विदेशी कूटनीतिज्ञहरूको सहभागितालाई लिएर गम्भीर आपत्ति जनाएका छन् ।

एक संयुक्त प्रेस वक्तव्य जारी गर्दै सात जना पूर्व राजदूतहरूले असार २२ गते नागार्जुन नगरपालिका–२ स्थित नामग्याल विद्यालयमा १४औँ दलाई लामाको ९१औँ जन्मोत्सव मनाइएको र सो क्रममा विदेशी नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

पूर्व राजदूतहरू राजेशवर आचार्य, महेन्द्र पाण्डे, टङ्क कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णु पुकार श्रेष्ठ र कृष्ण प्रसाद ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपालले सधैँ दृढतापूर्वक पालना गर्दै आएको ुएक चीन नीतिु विपरीत यस्ता गतिविधि हुनु निन्दनीय रहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको भूमिबाट कुनै पनि मित्र राष्ट्रविरुद्ध अप्ठ्यारो हुने वा प्रतिकूल असर पार्ने कार्य नगर्ने र गर्न नदिने प्रतिबद्धता परराष्ट्रमन्त्रीको हालैको चीन भ्रमणमा समेत दोहोर्‍याइएको थियो । के अहिले त्यो प्रतिबद्धतामा परिवर्तन आएको हो रु के हामीले छिमेकीसँगको परराष्ट्र नीति बदलेका हौँ रु’

पूर्व राजदूतहरूले यो कार्यक्रम सरकारको सहमतिमा भएको हो भने त्यसले नेपाल र चीनबीचको दौत्य सम्बन्ध र नेपालले अवलम्बन गर्दै आएको भू–राजनीतिक सन्तुलनमा प्रतिकूल असर पार्ने चेतावनी दिएका छन् । विज्ञप्तिमा भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिने सुनिश्चितता प्रदान गर्न र छिमेकीसँगको सम्बन्धमा संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराइएको छ ।

वि.सं.२०८३ असार २५ बिहीवार १२:२४ मा प्रकाशित

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...