back

२१ सदस्यीय नेपाली तेक्वान्दो टोली दक्षिण कोरियातर्फ

वि.सं.२०७४ असार ७ बुधवार

450 

shares
IME Limited
NTC AD

७ असार, काठमाडौँ । तीन छुट्टाछुट्टै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि २१ सदस्यीय नेपाली तेक्वान्दो टोली बुधबार दक्षिण कोरिया प्रस्थान गर्दैछ ।

पहिले नेपाली खेलाडीले असार १० देखि १६ गतेसम्म मुजुमा हुने विश्व तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउने छन् । त्यसमा १० खेलाडीले विभिन्न तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

पुरुषको ५४ केजीमुनि ताराकुमार रायमाझी, ५८ केजीमुनि सागर गुभाजु, ६३ केजीमुनि वीरबहादुर महरा, ६८ केजीमुनि रन्जन श्रेष्ठ, ७४ केजीमुनि निश्चलमान श्रेष्ठ र ८७ केजीमुनि सक्षम कार्कीले प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै महिलाको ४६ केजीमुनि रेजिना कार्की, ५३ केजीकुनि निमा गुरुङ, ५७ केजीमुनि ज्ञानी चुनारा तथा ७३ केजीमाथि ओलम्पियन निशा रावलले प्रतिस्पर्धा गर्ने छन् ।

टिम प्रशिक्षकमा जे हो ली तथा व्यवस्थापकमा भानबहादुर चन्द रहेका छन् । विश्व च्याम्पियनसिपमै सहभागी टोलीले असार १८ देखि २३ गतेसम्म छुनचियोनमा हुने छुनचियोन कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा भाग लिने छन् ।

छुनचियोनमै हुने तेश्रो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पनि नेपालले सहभागिता जनाउने कार्यक्रम छ । असार १७ मा हुने उक्त प्रतियोगितामा ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली सहभागी हुँदैछ ।

पुरुषको ७५ केजीमुनि रोहितहाङ राई तथा महिलाको ४९ केजीमुनि रञ्जना धामी र ५८ केजीमा पलेशा गोवर्धनले सहभागिता जनाउने छन् । टोली नेतामा कासिम मियाँ धोबी, व्यवस्थापकमा दीपक विष्ट र प्रशिक्षकमा कविराज नेगी लामा छन् ।

त्यस्तै विश्व तेक्वान्दो च्याम्पियनसिपको उद्घाटनका अवसरमा अभिभावकका रुपमा तेक्वान्दो संघकी सदस्य नन्दा बस्याल तथा खेलाडीद्वय सपना नेपाली र सविन कार्की सहभागी हुँदैछन् । उनीहरु विश्व तेक्वान्दो महासंघको निमन्त्रणामा सहभागी हुन लागेका हुन् ।

सपना नेपाली तेक्वान्दो संघले असहाय बालवालिका संरक्षित विभिन्न आठ संस्थामा सञ्चालन गरिरहेको तेक्वान्दो प्रशिक्षण कार्यक्रमका प्रशिक्षार्थी हुन् भने सविन सिन्धुपाल्चोकका भूकम्प पीडित हुन् ।

टोलीलाई सफलताको शुभकामना दिदै ललितपुर महानगरपालिकाका नव निर्वाचित प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याल र तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले महानगरपालिकाकै सभाकक्षमा आज आयोजित एक कार्यक्रममा बिदाइ गर्नुभयो ।

कार्यक्रममा नगरप्रमुख महर्जनले लामो समयदेखि स्थानीय तह पदाधिकारी विहीन भएकोले खेलकुदमा स्थानिय स्तरमा उत्साहजनक प्रगति नभएको बताउदै अब खेलकर्मीले खेलकुदमा परिवर्तनको आभास गर्ने बताउनुभयो ।

वि.सं.२०७४ असार ७ बुधवार ०३:२१ मा प्रकाशित

टी-२० आई सिरिज:नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

टी-२० आई सिरिज:नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

काठमाडौं । टी-२० आई सिरिज जित्ने लक्ष्यका साथ आज नेपाल...

सोह्र वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

सोह्र वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौँ । मलेसियामा आयोजना हुने एसिसी पुरुष यु–१६ इस्ट जोन...

आइसिसी क्रिकेटः नेपाल लगातार दोस्रो जितको खोजीमा

आइसिसी क्रिकेटः नेपाल लगातार दोस्रो जितको खोजीमा

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृङ्खलामा...

आज नेपाल र स्कटल्यान्ड भिड्दै

आज नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा नेपालले आज...

सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते

सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते

काठमाडौँ । स्कटल्याण्डमा सञ्चालन भइरहेको आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको...

आइसिसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा

आइसिसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको...