back
CTIZAN AD

नेपाली कम्युनिस्ट आन्दोलनका शीर्ष पुरूष पुष्पलाललाई आज देशभर सम्झिँदै

वि.सं.२०८३ साउन ७ बिहीवार

180 

shares

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक तथा अग्रणी वैचारिक नेता पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। राजनीतिक दलहरूले उनको विचार, योगदान र संघर्षको स्मरण गर्दै देशका विभिन्न स्थानमा श्रद्धाञ्जली तथा विचार गोष्ठी आयोजना गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेको छ भने नेपाल कम्युनिस्ट पार्टीलगायत अन्य वामपन्थी दलहरूले पनि स्मृति दिवसका अवसरमा विविध कार्यक्रम सञ्चालन गर्ने जनाएका छन्।

वि.सं. १९८१ असार १५ गते रामेछापमा जन्मिएका पुष्पलालले नेपालको कम्युनिस्ट आन्दोलनलाई संगठित र वैचारिक रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। उनले प्रवासमै रहेर राजनीतिक गतिविधि सञ्चालन गरेका थिए। उनी प्रजातान्त्रिक आन्दोलनका सहिद गंगालाल श्रेष्ठका भाइसमेत हुन्।

पुष्पलालले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिस्ट मेनिफेस्टो’ पहिलो पटक नेपाली भाषामा अनुवाद गरी नेपाली पाठकमाझ मार्क्सवादी विचारधारा पुर्‍याउने ऐतिहासिक कार्य गरेका थिए। साथै नेपाली समाजको वर्गीय संरचनाबारे उनले लेखेका पुस्तक र विश्लेषण आज पनि वाम आन्दोलनका लागि महत्वपूर्ण दस्तावेज मानिन्छन्।

वि.सं. २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका पुष्पलालले त्यसअघि वि.सं. १९९८ मा नेपाली प्रजातान्त्रिक सङ्घ गठन गरेर राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए।

पुष्पलालले लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्दै संयुक्त जनआन्दोलनमार्फत निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गर्नुपर्ने राजनीतिक धारणा अघि सारेका थिए। उनको वि.सं. २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो।

उनको स्मृति दिवसले नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास, वैचारिक योगदान र लोकतान्त्रिक संघर्षमा उनले पुर्‍याएको भूमिकालाई पुनः स्मरण गर्ने अवसरका रूपमा लिइएको छ।

वि.सं.२०८३ साउन ७ बिहीवार १०:५४ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...