back
CTIZAN AD

बैंकिङ कसूर मुद्दामा संलग्न चार जना पक्राउ

वि.सं.२०८३ साउन १४ बिहीवार

156 

shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा संलग्न चार जना प्रतिवादीलाई प्रहरीले आज पक्राउ गरेको छ।

उच्च अदालत पाटन, ललितपुरबाट पक्राउ अनुमति लिई प्रहरीले उनीहरूलाई २०८३ साउन १३ गते नियन्त्रणमा लिएको हो । नेपाल सरकारवादी रहेको शशिधर शर्मा समेत जोडिएको उक्त बैंकिङ कसूर मुद्दामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा बैतडीको पाटन नगरपालिका वडा नं. २ घर भई हाल काठमाडौँको तीनकुने बस्ने ४० वर्षीया रश्मी पन्त, गुल्मीको ग्वादी–६ घर भई हाल रुपन्देहीको सिद्धार्थनगर–८ बस्ने ४४ वर्षका सन्तोष ज्ञवाली रहेका छन् ।

त्यसैगरी गुल्मीकै अमरअर्वाथोक–५ घर भई हाल सिद्धार्थनगर–७ बस्ने ४१ वर्षीय राजेन्द्र श्रेष्ठ र रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ (साबिक शंकरनगर–३) का ४८ वर्षीय शिशिर पौडेललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका चारै जनामाथि हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ

वि.सं.२०८३ साउन १४ बिहीवार १२:२१ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...