back
CTIZAN AD

पशुपति मन्दिरमा बुधबारको भेटी पाँच लाख

वि.सं.२०८३ साउन १४ बिहीवार

144 

shares

काठमाडौं । पशुपतिनाथ मन्दिरमा २०८३ श्रावण १३ गते (बुधबार) भक्तजनबाट रु ५ लाख २ हजार २२० भेटी संकलन भएको छ।

पशुपति क्षेत्र विकास कोषले सार्वजनिक गरेको दैनिक विवरणअनुसार मुख्य मन्दिरमा रु ३ लाख २६ हजार ६४०, बासुकी मन्दिरमा रु १८ हजार १६७ तथा चन्दन भेटीमार्फत रु ४ हजार १२० संकलन भएको जनाएको छ। अन्य भेटी रकमसहित यो वर्ष कुल संकलन रु ५,०२,२२० पुगेको कोषले जनाएको छ।

कोषले सोही दिन पशुपति क्षेत्रको गुह्येश्वरी, वत्सलेश्वरी, तिलगङ्गा तथा गेट नं ३ बाट मन्दिर प्रवेश गर्ने पर्यटक तथा दर्शनार्थीको दैनिक विवरण पनि सार्वजनिक गरेको छ।

त्यसैगरी, सोही दिन पशुपति क्षेत्र अवलोकन गर्न १६४ जना पर्यटक आएका छन्। जसमध्ये वत्सलेश्वरी काउन्टरबाट ४७, तिलगङ्गा काउन्टरबाट ९७, गेट नं. ३ काउन्टरबाट २० जना प्रवेश गरेका छन् भने गुह्येश्वरी काउन्टरबाट कुनै पर्यटक प्रवेश नगरेको विवरणमा उल्लेख छ।

कोषले सार्वजनिक गरेको अर्को विवरणअनुसार २०८३ श्रावण १२ गते बिहान ६ बजेदेखि श्रावण १३ गते बेलुका ५ बजेसम्म पशुपति क्षेत्रमा ३७ वटा दाहसंस्कार सम्पन्न भएका छन्। यस अवधिमा आर्यघाटमा १, भस्मेश्वरघाटमा २७ र विद्युत् शवदाह गृहमा ९ वटा दाहसंस्कार गरिएको छ। खाडलतर्फ भने कुनै पनि दाहसंस्कार भएको छैन।

पशुपति क्षेत्र विकास कोषले मन्दिरमा संकलन हुने दैनिक भेटी रकम, दर्शनार्थीको संख्या तथा दाहसंस्कारसम्बन्धी विवरण नियमित रूपमा सार्वजनिक गर्दै आएको छ।

वि.सं.२०८३ साउन १४ बिहीवार १२:५२ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...