back
CTIZAN AD

 शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

वि.सं.२०८३ साउन १४ बिहीवार

366 

shares

काठमाडौँ । विगत १९ बर्ष देखि आधुनिक एवं सर्वसुलभ बैंकिङ सेवासुविधा प्रदान गर्दै आइरहेको सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा पनि समाजमा महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) लाई परोपकारी सहयोगमा मात्र सीमित नराखी दिगो विकास, समावेशी वृद्धि तथा समुदायसँगको दीर्घकालीन सहकार्यको माध्यमका रूपमा अघि बढाउँदै गएको हो ।

यस बैंकबाट गत आर्थिक वर्षमा लाखौं सर्वसाधारणलाई संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम मार्फत लाभान्वित पुर्याएको छ ।

वित्तीय समावेशीकरण र वित्तीय सचेतनालाई प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले सातै प्रदेशमा रहेका आफ्ना १४८ शाखामार्फत विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो।

उक्त अभियानमार्फत करिब १० हजार विद्यार्थी, महिला, किसान, मजदुर, वैदेशिक रोजगारीमा जाने सम्भावित व्यक्तिहरू तथा अन्य लक्षित वर्गलाई बचत, जिम्मेवार वित्तीय व्यवहार, डिजिटल बैंकिङ, साइबर सुरक्षा तथा समग्र वित्तीय व्यवस्थापनसम्बन्धी ज्ञान प्रदान गरिएको थियो ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई बैंकिङ सेवाको अभिन्न अंग मानी शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता,विपद् व्यवस्थापन तथा समुदायको समग्र उत्थानका क्षेत्रमा निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
हालसम्म बैंकले सञ्चालन गरेका १०० भन्दा बढी सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम मार्फत सातै प्रदेशका लाखौँ नागरिक प्रत्यक्ष एवं परोक्ष रूपमा लाभान्वित भएका छन्।यस्ता कार्यक्रमले बैंक र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै समावेशी तथा दिगो विकासप्रतिको बैंकको प्रतिबद्धतालाई समेत उजागर गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा बैंकले बारा जिल्लाको विश्रामपुर गाउँपालिकामा निःशुल्क आँखा परीक्षण तथा मोतिबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरी करिब ८०० जनालाई निःशुल्क आँखा परीक्षण सेवा प्रदान गर्नुका साथैे परीक्षणका क्रममा मोतिबिन्दु पहिचान भएका करिब १५० जना बिरामीको निःशुल्क शल्यक्रियाको व्यवस्था समेत गरिएको छ ।

त्यसैगरी, म्याग्दीस्थित भगवती स्वास्थ्य चौकीलाई अस्पताल बेड, बेबी वार्मर, औषधि ट्रली तथा स्वच्छ खानेपानी आपूर्तिका लागि आवश्यक एचडीपीई पाइप हस्तान्तरण गरिएको छ । उक्त स्वास्थ्य चौकीबाट वडा नं. १ र २ का ४,३०० भन्दा बढी स्थानीय बासिन्दाले आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्दै आएका छन् ।

वातावरण संरक्षणलाई प्राथमिकता दिँदै बैंकले “एक खाता, एक रुख“ अभियानअन्तर्गत विश्व वातावरण दिवस २०२५ को अवसरमा काठमाडौंको बूढानीलकण्ठस्थित चौकीडाँडा पर्यटकीय पार्कमा करिब २५० बिरुवा रोप्नुका साथै कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत वृक्षारोपण कार्यक्रम सञ्चालन गरी देशभर कुल १,५०० बिरुवा रोपिएको छ ।

शिक्षा क्षेत्रमा बैंकले कर्णाली प्रदेश, हुम्ला जिल्लाको अदानचुली गाउँपालिका–३ स्थित श्री छत्रपाल आधारभूत विद्यालयका २०५ जना विद्यार्थीलाई ट्र्याकसुट वितरण गरेको छ । यस कार्यक्रमले दुर्गम क्षेत्रका विद्यार्थीहरूको शैक्षिक वातावरण सुधार गर्न सहयोग पुर्याएको विश्वास बैंकले लिएको छ ।

यस्ता अभियानमध्ये बैंकले दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक गुणस्तरीय ब्रेल पेपर, ई–ग्रेड ब्रेल स्टाइलस, इन्टरपोइन्ट ब्रेल स्लेट, विद्यालय झोला तथा सफ्टवेयरसहितका शैक्षिक सामग्री वितरण गरेको छ । यस सहयोगले दृष्टिविहीन विद्यार्थीहरूको अध्ययनलाई थप सहज र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ । आगामी दिनमा पनि बैंकले सामाजिक उत्तरदायित्वलाई आफ्नो संस्थागत संस्कृतिको अभिन्न अंगका रूपमा निरन्तरता दिँदै समाज, वातावरण र राष्ट्रको दिगो विकासमा थप प्रभावकारी योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

 

वि.सं.२०८३ साउन १४ बिहीवार १३:०५ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...