back
CTIZAN AD

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

वि.सं.२०८३ साउन १५ शुक्रवार

156 

shares

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर खाता नवीकरण गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै ‘१००% उपहार’ योजना सार्वजनिक गरेको छ।

खल्तीका अनुसार योजनाअन्तर्गत खल्तीमार्फत डिम्याट तथा मेरोशेयर नवीकरण गर्ने प्रयोगकर्तामध्ये हरेक १५ दिनमा १०० जना भाग्यमानीले आफूले तिरेको नवीकरण शुल्क बराबरको १०० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन्। यो योजना श्रावण महिनाको अन्त्यसम्म सञ्चालन हुनेछ।

यसैबीच, सीडीएस एन्ड क्लियरिङ लिमिटेड (CDSC) ले डिम्याट खाताको वार्षिक नवीकरण शुल्क साउन १५ गतेभित्र अनिवार्य रूपमा भुक्तानी गर्न आग्रह गरेको छ। तोकिएको अवधिभित्र शुल्क नबुझाए साउन १६ गतेदेखि डिम्याट खाता रोक्का हुन सक्ने जनाएको छ। खाता रोक्का भएमा शेयर खरिद–बिक्रीलगायत पूँजीबजारसँग सम्बन्धित कारोबार प्रभावित हुन सक्ने भएकाले समयमै नवीकरण गर्नुपर्ने आवश्यकता रहेको कम्पनीले जनाएको छ।

हाल डिम्याट खाताको वार्षिक नवीकरण शुल्क रु. १०० र मेरोशेयर सेवाको रु. ५० तोकिएको छ। प्रयोगकर्तालाई समयमै नवीकरण गर्न प्रोत्साहन गर्ने उद्देश्यले खल्तीले क्यासब्याक योजना ल्याएको जनाएको छ।

खल्ती एपमार्फत प्रयोगकर्ताले Financial Services अन्तर्गत रहेको MeroShare & Demat Renewal सेवा प्रयोग गरी आफ्नो Depository Participant (DP) चयन, Client ID प्रविष्ट, आवश्यक सेवा छनोट तथा विवरण पुष्टि गरेर केही सेकेन्डमै सुरक्षित रूपमा नवीकरण शुल्क भुक्तानी गर्न सक्नेछन्।

त्यसैगरी, आफ्नो ब्रोकर वा Depository Participant (DP) को वेबसाइटबाट नवीकरण गर्ने प्रयोगकर्ताले पनि Khalti Payment Gateway मार्फत सहज रूपमा डिम्याट तथा मेरोशेयर नवीकरण शुल्क तिर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

खल्तीले डिम्याट तथा मेरोशेयर नवीकरणलाई छिटो, सुरक्षित र सहज बनाउन मोबाइल एप र पेमेन्ट गेटवे दुवै माध्यमबाट सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। प्रयोगकर्ताले घरमै बसेर २४सै घण्टा सेवा प्रयोग गरी नवीकरण शुल्क भुक्तानी गर्न सक्ने कम्पनीको भनाइ छ।

कम्पनीले अन्तिम समय कुर्नुभन्दा अगावै आफ्नो डिम्याट तथा मेरोशेयर खाता नवीकरण गरी ‘१००% उपहार’ योजनामार्फत क्यासब्याक जित्ने अवसरको लाभ लिन पनि आग्रह गरेको छ।

वि.सं.२०८३ साउन १५ शुक्रवार ११:०७ मा प्रकाशित

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...