back
CTIZAN AD

गर्मीका कारण एकजनाको मृत्यु

वि.सं.२०७४ असार १३ मंगलवार

933 

shares

deathbody१३ असार, गौशाला । धेरै दिनदेखि पानी नपर्दा हिजो साँझ महोत्तरी जिल्लाको मटिहानी गाउँपालिकामा अत्यधिक गर्मीका कारण एक जनाको मृत्यु भएको छ ।

नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय एक पुरुषको मटिहानी गाउँपालिका–५ स्थित बजारमा अत्यधिक गर्मीका कारण मृत्यु भएको प्रहरी चौकी मटिहानीका प्रहरी नायब निरीक्षक महेन्द्र साहले बताउनुभयो ।

आँखा स्पष्ट नदेख्ने ती पुरुष केही दिन पहिले मटिहानी बजारमा देखा परेको र बजारमै माँगी खाने तथा खुल्ला आकाशमुनि नै रातदिन बिताउँदै आएकोमा उनको हिजो साँझ गर्मीका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहानैदेखि महोत्तरीमा प्रचण्ड घामका कारण अत्यधिक गर्मी थियो भने मटिहानी बजारमा पीरबाबाको मजारमा ठूलो मेला लागेका कारण थुप्रै मानिस आएका बेला सो व्यक्तिले गर्मी छल्ने ठाउँ नपाउँदा उनको मटिहानी बजारमै बेहोस भएर लड्दा मृत्यु भएको हो ।

मृतकको शव गएराति परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।

वि.सं.२०७४ असार १३ मंगलवार ०३:२१ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...