back

गर्मीका कारण एकजनाको मृत्यु

वि.सं.२०७४ असार १३ मंगलवार

555 

shares
GLOBAL IME AD
NTC AD

deathbody१३ असार, गौशाला । धेरै दिनदेखि पानी नपर्दा हिजो साँझ महोत्तरी जिल्लाको मटिहानी गाउँपालिकामा अत्यधिक गर्मीका कारण एक जनाको मृत्यु भएको छ ।

नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय एक पुरुषको मटिहानी गाउँपालिका–५ स्थित बजारमा अत्यधिक गर्मीका कारण मृत्यु भएको प्रहरी चौकी मटिहानीका प्रहरी नायब निरीक्षक महेन्द्र साहले बताउनुभयो ।

आँखा स्पष्ट नदेख्ने ती पुरुष केही दिन पहिले मटिहानी बजारमा देखा परेको र बजारमै माँगी खाने तथा खुल्ला आकाशमुनि नै रातदिन बिताउँदै आएकोमा उनको हिजो साँझ गर्मीका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहानैदेखि महोत्तरीमा प्रचण्ड घामका कारण अत्यधिक गर्मी थियो भने मटिहानी बजारमा पीरबाबाको मजारमा ठूलो मेला लागेका कारण थुप्रै मानिस आएका बेला सो व्यक्तिले गर्मी छल्ने ठाउँ नपाउँदा उनको मटिहानी बजारमै बेहोस भएर लड्दा मृत्यु भएको हो ।

मृतकको शव गएराति परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।

वि.सं.२०७४ असार १३ मंगलवार ०३:२१ मा प्रकाशित

घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

लुम्बिनी (मर्चवार) । रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ)लाई अख्तियार...

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले...

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका...

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक...

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत...