दोहा कतार । कतार नेपाली एकता समाज अलखोर रस्लाफान एरिया समिति गठन भएको छ ।
सनैया सी एरिया समितिका कोषाध्यक्ष थमन पुनको विशेष पहलमा जुन ३० का दिन एरिया समिति गठन भएको हो ।
उक्त कार्यक्रममा अध्यक्षता दिपेश भण्डारीको रहेको यस कार्यक्रममा प्रमुख अतिथी कतार नेपाली एकता समाजका लुमाकान्त पुन विशेष अतिथी कतार नेपाली एकता समाजका केन्द्रिय सदस्य राम प्रसाद पराजुली र हाँक सापताहिक पत्रकार उद्धव मगरको उपस्थिती रहेको थियो ।
सचिव दिल बहादुर ओलीको संचालन उक्त कार्यक्रममा कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुनले कतार नेपाली एकता समाज स्थापना गर्नुको मुख्य उद्देश्यको विषयमा प्रस्ट पार्नु भएको थियो । उहाँले कतारमा विभिन्न जिल्लावासी संगठन लगायत यहाँ क्रियाशिल संगठनहरु लगभग १५० को हाराहारीमा रहेको र त्यस संगठन भन्दा कतार नेपाली एकता समाजको छुट्टै भिजन भएकोले कतारमा रहेका आम मजदूरहरु यस संगठनप्रति अति नजिक रहेको बताउनु भयो । साथै कतार नेपाली एकता समाजले विशेष त आम शोसित पिडित मजदूरहरुकै आवाज उठाउदै आएको र आगामी दिनहरुमा पनि कतार नेपाली एकता समाजले आम मजदूरले भोक्दै आएका दुःख पिडाको विषयमा आफ्नो संगठनले निरन्तर लागि पर्ने कुरा राख्दै गठन हुदै गरेको समितिलाई अग्रिम शुभकामना दिनु भएको थियो ।
समितिका पदाधिकारीहरु यस प्रकार छन्
अध्यक्ष, दिपेश भण्डारी, उपाध्यक्ष, पुष्प लाल पुन, कोषाध्यक्ष, धर्मजित वि.क, सचिव दिल बहादुर ओली, सदस्यहरु चन्द्र घताने, सुरेन्द्र पुन, सन्तोष मल्ल, भुमीराज रम्जाली , हुमराज दजी, अशोक वि.क, राजेश धिमाल, दिपेश मण्डल, दिलेन्द्र रोकका, रामकाजी कट्टुवाल, फत बहादुर वि.क., श्याम पुन, निर बहादुर सिंजाली मगर, रहनु भएको छ भने ४ सदस्यी सल्लाहाकार चयन गरिएको छ । अन्तमा कार्यक्रममा सुरुदेखि अन्तसम्म उपस्थित रहनु भएका सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रम अत्यन्तै सौंहद्रपुर्ण वातावरणमा समापन भएको समितिका अध्यक्ष दिपेश भण्डारीले घोषणा गर्नु भएको थियो ।
वि.सं.२०७४ असार १७ शनिवार ०७:०० मा प्रकाशित
























