back
CTIZAN AD

जलविद्युत् र पर्यटनका क्षेत्रमा क्यानडाबाट सिक्नुपर्छ : पूर्वप्रम नेपाल

वि.सं.२०७४ असार १७ शनिवार

846 

shares

१७ असार, काठमाडौँ । क्यानडा स्वतन्त्र भएको १५० औँ वर्षगाठको उपलक्षमा आज नेपालमा पनि कार्यक्रम गरी नेपाल तथा क्यानडाको मैत्री सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल क्यानडा मैत्री तथा सांस्कृतिक सङ्घले आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले क्यानडाले जलविद्युत्का क्षेत्रमा गरेको प्रगति तथा अन्तर्राष्ट्रिय तहमा जलस्रोत कानुनमा गरेको योगदानबाट नेपालले पाठ सिक्नुपर्ने बताउनुभयो ।

उहाँले दुई मुलुकबीच रहेका सांस्कृतिक, आर्थिक सम्बन्धलाई अभिवृद्धि गरी जनस्तरमा फैलाउनपर्नेमा जोड दिँदै नेपालको जलविद्युत् उत्पादन तथा पर्यटनका क्षेत्रमा क्यानडाको लगानी भित्र्याउने वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभादेवी खड्गीले महानगरभित्रको सम्पदास्थल चाडो जीर्णोद्धार गरी पर्यटकको आकर्षण केन्द्र बनाउने तयारी भइरहेको जानकारी गराउनुभयो ।

पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले आप्रवासीमैत्री समाज भएको क्यानडामा ५० प्रतिशत महिला मन्त्रिपरिषदमा सहभागी रहेको बताउँदै त्यहाँको प्रजातान्त्रिक प्रणाली तथा राजनीतिक संस्कार नेपालले सिक्न आवश्यक रहेको औँल्याउनुभयो ।

सङ्घका अध्यक्ष प्रदीपकुमार खतिवडा, नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पा, डा बुद्ध बस्नेत, पत्रकार अनिल थापालगायतले दुबै मुलुकबीच रहेको कुटनीतिक सम्बन्धलाई जनस्तरमा बढाउनुपर्नेमा जोड दिनुभयो । क्यानडा १५० वर्ष अगाडि बेलायतबाट स्वतन्त्र भएको थियो ।

वि.सं.२०७४ असार १७ शनिवार १०:४७ मा प्रकाशित

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप...

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले...

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

कञ्चनपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित...

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले...

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न

दमौली (तनहुँ) । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा...