Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

त्रिवेणी नगरपालिकामा काँग्रेस विजयी



१७ असार, बाजुरा  । त्रिवेणी नगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छ । नगरपालिकामा नेपाली काँग्रेसको समूह विजयी भएको छ । त्रिवेणी नगरपालिकामा नेपाली काँग्रेसका रामसिं रावलले ३३६५ मत ल्याएर विजयी हुनुभएको छ ।

रावलका प्रतिद्धन्द्धी नेकपा एमालेका जङ्गबहादुर बुढाले २१९४ मत ल्याउनु भयो ।

यसैगरी काँग्रेसका उपप्रमुख दलित महिला राधिका सुनारले ३३९२ मत ल्याएर विजयी हुनुभएको छ । भने सुनारका प्रतिद्वन्द्वी नेकपा एमालेका पार्वती थापाले २०७० मत पाउनुभएको छ ।

त्रिवेणी नगरपालिकाका– ८ वडामा नेपाली काँग्रेसले जित हासिल गरेको छ । भने एक वडामा नेकपा (माओवादी केन्द्र)ले जितेको निर्वाचन अधिकृत वासुदेव खनालले जानकारी दिनुभएको छ ।
रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा