back

जलविद्युत् र पर्यटनका क्षेत्रमा क्यानडाबाट सिक्नुपर्छ : पूर्वप्रम नेपाल

वि.सं.२०७४ असार १७ शनिवार

594 

shares
GLOBAL IME AD
NTC AD

१७ असार, काठमाडौँ । क्यानडा स्वतन्त्र भएको १५० औँ वर्षगाठको उपलक्षमा आज नेपालमा पनि कार्यक्रम गरी नेपाल तथा क्यानडाको मैत्री सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल क्यानडा मैत्री तथा सांस्कृतिक सङ्घले आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले क्यानडाले जलविद्युत्का क्षेत्रमा गरेको प्रगति तथा अन्तर्राष्ट्रिय तहमा जलस्रोत कानुनमा गरेको योगदानबाट नेपालले पाठ सिक्नुपर्ने बताउनुभयो ।

उहाँले दुई मुलुकबीच रहेका सांस्कृतिक, आर्थिक सम्बन्धलाई अभिवृद्धि गरी जनस्तरमा फैलाउनपर्नेमा जोड दिँदै नेपालको जलविद्युत् उत्पादन तथा पर्यटनका क्षेत्रमा क्यानडाको लगानी भित्र्याउने वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभादेवी खड्गीले महानगरभित्रको सम्पदास्थल चाडो जीर्णोद्धार गरी पर्यटकको आकर्षण केन्द्र बनाउने तयारी भइरहेको जानकारी गराउनुभयो ।

पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले आप्रवासीमैत्री समाज भएको क्यानडामा ५० प्रतिशत महिला मन्त्रिपरिषदमा सहभागी रहेको बताउँदै त्यहाँको प्रजातान्त्रिक प्रणाली तथा राजनीतिक संस्कार नेपालले सिक्न आवश्यक रहेको औँल्याउनुभयो ।

सङ्घका अध्यक्ष प्रदीपकुमार खतिवडा, नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पा, डा बुद्ध बस्नेत, पत्रकार अनिल थापालगायतले दुबै मुलुकबीच रहेको कुटनीतिक सम्बन्धलाई जनस्तरमा बढाउनुपर्नेमा जोड दिनुभयो । क्यानडा १५० वर्ष अगाडि बेलायतबाट स्वतन्त्र भएको थियो ।

वि.सं.२०७४ असार १७ शनिवार १०:४७ मा प्रकाशित

गण्डकीसहित केही प्रदेशका हिमाली र पहाडी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना !

गण्डकीसहित केही प्रदेशका हिमाली र पहाडी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना !

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव...

जलविद्युत् आयोजना प्रभावितलाई सीपमूलक तालिम

जलविद्युत् आयोजना प्रभावितलाई सीपमूलक तालिम

दमौली (तनहुँ) । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

लुम्बिनी (मर्चवार) । रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ)लाई अख्तियार...

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले...

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका...