back
CTIZAN AD

मन्त्रिपरिषद्मा महिलाको सहभागिता एक तिहाइ पु¥याउन माग

वि.सं.२०७४ असार २० मंगलवार

750 

shares

२० असार, काठमाडौँ  । अन्तरपार्टी महिला सञ्जालले मन्त्रिपरिषद्मा महिलाको सहभागिता एक तिहाइ पु¥याउन माग गरेको छ ।

सञ्जालले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहदरबारमा ध्यानाकर्षण पत्र बुझाउँदै निकट भविष्यमा विस्तार हुने मन्त्रिमण्डलमा संविधानको भावना र मर्मबमोजिम महिलाको न्यूनतम एक तिहाइ प्रतिनिधित्व सुनिश्चितता गर्न माग गरेको हो ।

संवैधानिक आयोग, कूटनीतिक निकाय र अन्य सरकारी निकायमा न्यूनतम ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्न पनि माग गरेको सञ्जालका महासचिव यशोदा सुवेदीले राससलाई जानकारी दिनुभयो ।

सञ्जालले नगरपालिकाको प्रमुख, गाउँपालिकाको अध्यक्ष र वडाध्यक्षमा कम्तीमा ५० प्रतिशत महिलाको उम्मेदवारी दिने व्यवस्था मिलाउन, दलित महिला नभएको अवस्थामा सो स्थानमा अन्य समुदायका महिलाको उम्मेदवारी दिन सकिने व्यवस्था गर्न, न्यायिक समितिमा व्यवस्था भएको तीनजना सदस्यमध्ये एकजना महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गराउनसमेत प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको हो ।

सो अवसरमा प्रधामन्त्री देउवाले स्थानीय तहको निर्वाचनबाट मुलुकभर महिलाको सहभागिता बढेको बताउँदै मन्त्रिमण्डलमा आवश्यक मात्रामा महिलाको सहभागिता बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रासस

वि.सं.२०७४ असार २० मंगलवार १४:४५ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...