back
CTIZAN AD

नेपाली भन्न किन डराउने ?

वि.सं.२०७४ असार २१ बुधवार

849 

shares

til-bishwakarmaशिलाङ र असामका नेपाली जो नेपाल जान्छन नेपाल जाने वा नेपाल जान्छु पनि भन्न सक्दैनन । कहाँ जाने भन्दा ‘मेची पारी वा खोला पारी’ यो छ अवश्था यहाका बहादुरहरुको बहादुरी ।

मैले भारतमा बस्ने नेपालीर गोर्खेको बारेमा पूर्वोत्तर भारत खासगरि शिलाङ, मेघालयमा हाम्रो समुदायले भोगेको बारेमा सन १९९४ बाट लगातार काम गर्दै आएको छु र त्यसबारेमा अहिले यहाँ कुनै चर्चा गर्न पनि चाहन्न । अहिले पश्चिम बङ्गालको दार्जिलिङ जिल्ला अन्तर्गत नेपाली भाषीहरुले छुट्टै पहिचान सहितको राज्य गोर्खाल्यान्डको पुरानो मागलाई निरन्तरता दिई आन्दोलन चलाई रहेको अवस्था छ । पहिला भन्दा अहिले सन्चार क्षेत्रमा धेरै विकास भएकोले विद्दुतीय सन्जालले सबैकुरा अलि सहज भएको अवश्था पनि छ ।
दिल्लीबाट प्रेषित एउटा स्ट्याटसमा एउटा आन्दोलनकारी वन्दना राई लाई दिल्ली पुलिसले पक्राउ गरेपछी उनको ठाउँ ठेगान सोधिरहदा उनको जवाफ थियो ‘ गोर्खाल्यान्ड’ यो कहाँ छ भनेर सोध्दा थाहा छैन र त त्यही खोजेको …………भन्ने जवाफ उनले दिइन । भारतमा यस्तो अवश्था नेपाली भाषीको । अनि अर्को प्रमुख कुरा यो पनि छ कि आज भारतीय गोर्खाहरु भारतभरी छरिएर बसे पनि सबैलाइ समेट्ने र संगठित गर्ने कुनै बहस/ पैरवी गर्ने सामाजिक,राजनीतिक संघ(संगठन वा त्यस्तो मन्च नै छैन । केही औला भाच्ने गोर्खे र नेपाली भनेर आपसमा विभाजित हुने अतितका पुर्खाहरुको बहादुरीको ब्याज र तक्मा अनि तिनीहरूको शालिक देखाएर बहादुर-बहादुर भनेर मात्र हुदैन ।

यो एक्काइसौ शताब्दी हो अब हिजोका दिनहरुमा नेपालीहरू ‘बल बहादुर, बम बहादुर, गोला बहादुरू जे जसरी आफ्नो पहिचान स्थापित गरे अब त्यो आउट डेटेड भैसक्यो अबको युग बमबहादुर, बलबहादुर, गोलाबहादुरको होईन अबको युग भनेको ‘बुद्धि बहादुर’ को हो,दया र निगाहको होईन मात्र राजनैतिक अधिकार ।
मैले शिलाङमा देखेको बुझेको नेपालीहरु बेला मौकामा देखिन्छन् त्यो बेला अब नजिक आई सक्यो, खासगरी दुर्गापुजामा एउटा पुजाको लागि मात्र स-साना टोल र छिमेकमा चन्दा उठाउने पुजा गर्ने र त्यस बाहेक अर्को बर्षसम्म नाकमुख नदेखाउने । अनि खुब गौरबका साथ भनिने गरिन्छ गोर्खे,बहादुर,खुकुरी आदि देखाएर तर आउदा जादा नेपाल र नेपाली भन्न डराउने,यहाँ तक कि शिलाङ र असामका नेपाली जो नेपाल जान्छन नेपाल जाने वा नेपाल जान्छु पनि भन्न सक्दैनन । कहाँ जाने भन्दा ‘मेची पारी वा खोला पारी’ यो छ अवश्था यहाका बहादुरहरुको बहादुरी ।

आजको दिनमा जो आफुलाई नेपाली भन्छ उसले विश्वका विभिन्न देशमा नेपाली संघसंस्था खोलेर बसेको अबश्था छ । शिलाङमा एउटा नराम्रो पाटो भनेको नेपालीभाषी बिचमा नेपालको नेपाली र भारतको नेपाली भन्ने नराम्रो भेदभाव छ यद्यपि ती नेपाली नै हुन । आजको आन्दोलनलाई विश्व बन्धुत्त्व, ऐक्यबद्धता अनि साथ र सहयोगको आवश्यकता छ, आपसी भेदभावको होईन ।

वि.सं.२०७४ असार २१ बुधवार ०१:०७ मा प्रकाशित

व्यक्तिगत जीवनमा आत्मनिर्भरताकाे अभ्यास कसरी गर्ने ?

व्यक्तिगत जीवनमा आत्मनिर्भरताकाे अभ्यास कसरी गर्ने ?

स्वनिर्भरता भनेको जीवनका चुनौतिहरू सामना गर्न, स्वतन्त्र निर्णयहरू लिन र...

निर्वाचनमा ओखलढुंगाः एक विश्लेषण

निर्वाचनमा ओखलढुंगाः एक विश्लेषण

कोशी प्रदेश अन्तर्गत पर्ने ऐतिहासिक, साँस्कृतिक महत्वको शदिद भूमि हो-...