back
CTIZAN AD

बिजुक्छेको ‘सय वर्षपछिको भक्तपुर’ सार्वजनिक

वि.सं.२०७४ असार २५ आइतवार

792 

shares

२५ असार, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेद्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर’ को दोस्रो संस्करण सार्वजनिक गरिएको छ ।

नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घ केन्द्रीय समितिले यहाँ शनिबार आयोजना गरेको कार्यक्रममा आगामी १०० वर्षपछि भक्तपुर कस्तो हुन्छ भन्ने परिकल्पना गरेर लेखिएको उक्त कृति सार्वजनिक गरिएको हो ।

सो अवसरमा लेखक बिजुक्छेले आगामी १०० वर्षमा भक्तपुर कस्तो हुन्छ भन्ने परिकल्पना गरेर तयार पारेको कृतिअनुसारको समाज निर्माण हुने बताउनुभयो ।

काठमाडौँ उपत्यकाको विकासबारेमा वर्र्षांै पहिले विज्ञहरूले बनाएको विकासको खाका विपरीत अहिले बस्ती विकास भएको बताउँदै उहाँले कृतिमा भएको परिकल्पनाअनुसार अगाडि बढ्दा भक्तपुरको विकास त्यसअघि नै हुन सक्ने बताउनुभयो ।

अध्यक्ष बिजुक्छेले स्मार्ट सिटी बनाउने नाममा केही राजनीतिक दल हरित क्षेत्र विनाशको काममा लागेकामा दुःख व्यक्त गर्नुभयो ।

साहित्य तथा संस्कृतविद्, शताब्दी पुरुष सत्यमोहन जोशीले भक्तपुरका प्रसिद्ध नवदुर्गा र महाकाली नाचलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अगाडी बढाउनुपर्नेमा जोड दिदैं यो कृति भक्तपुरका बासिन्दाका लागि मार्ग निर्देशित हुने विश्वास व्यक्त गर्नुभयो ।

भक्तपुरले आफ्नो संस्कृति संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

प्राध्यापक तथा समालोचक माणिकलाल श्रेष्ठ, वरिष्ठ पत्रकार भैरव रिसाल, संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ, सम्पदाकर्मी रवीन्द्र पुरी, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, साहित्यकार डा रामप्रसाद ज्ञवाली, पत्रकार समाज नेपालका अध्यक्ष लक्ष्मणराज जोशी, सङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्रराज गोसाईंलगायतले १०० वर्षपछिको भक्तपुरमा परिकल्पना गरिएको समाज आगामी समयमा परिवर्तन र विकासको सम्वाहक हुने बताउनुभयो ।

आधा शताब्दीअघिको नेपाल र अहिलेको नेपालमा निकै परिवर्तन आइसकेको अनुभूति सुनाउँदै उनीहरूले राजनीतिक नेतृत्व सही दिशामा नभए देश कहाँ पुग्ने हो भने चिन्ताको विषय भएको बताउनुभयो ।

बिजुक्छेको उक्त कृतिको पहिलो संस्करण विसं २०५९ मा प्रकाशित भएको थियो भने अहिले दोस्रो संस्करण सार्वजनिक गरिएको हो

वि.सं.२०७४ असार २५ आइतवार ०३:१२ मा प्रकाशित

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...