back

गोहिको गणना गर्न ड्रोनको प्रयोग

वि.सं.२०७४ असार २५ आइतवार

237 

shares
NTC AD
Global IME AD

gohi1२५ असार, गुलरिया,बर्दिया। संरक्षित क्षेत्रमा हुनसक्ने चोरी शिकार एवम् अवैध गतिविधि नियन्त्रण गर्न बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलोपटक मानवरहित विमान ९ड्रोन०को प्रयोग गरी गोहीको गणना गरिएकोे छ ।

तालतलैया तथा सिमसार क्षेत्र सर्वेक्षण गर्दा बबई नदीमा घडियाल गोहीको सङ्ख्या ४६, मगर गोहीको सङ्ख्या ३१ रहेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण प्रमुख रमेशकुमार थापाले बताउनुभयो ।

निकुञ्ज सीमाभित्र पर्ने बबई नदीको ४६ किमी दूरीमा ड्रोनको प्रयोग गरिएको हो । माछा र मासु दुवै खाने भएकाले मगर गोही सिमसार क्षेत्र र तालतलैयामा बस्ने गरेको देखिन्छ ।
विशेष गरी ताजा माछालाई आफ्नो आहाराका रूपमा लिने गरेको घडियाल गोही नेपालका प्रमुख नदीहरू नारायणी, राप्ती, बबई र कर्णालीमा मात्र पाइने थापाको भनाइ छ ।

सन् २०१६ मा गरिएको गणनाअनुसार ती सबै नदीमा घडियाल गोही जम्मा १९८ वटा थिए । यस वर्ष बर्दियाका नदीमा घडियाल गोहीको सङ्ख्या वृद्धि भएसँगै अन्य नदीमा पनि यसको सङ्ख्या वृद्धि भएको अनुमान गरिएको छ । यस वर्ष गोहीले फूल पारेर छाडेपनि चट्याङ परेर अन्डा फुट्दा बढी बच्चा जन्मन नसकेको थापाले बताउनुभयो ।

अति सङ्कटापन्न र लोपोन्मुख प्रजाति गोहीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज उपयुक्त वासस्थान मानिन्छ । नेपालमा पाइने दुई प्रजातिका मगर गोही र घडियाल गोही यस निकुञ्जमा र कर्णाली तथा र बबई नदीको किनार र छेउछाउका सिमसार क्षेत्रमा पाइने गरेको छ ।

वि.सं.२०७४ असार २५ आइतवार ०४:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी...

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र...

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...