गैरआवासीय नेपाली संघ युगान्डाका अध्यक्ष समेत रहनुभएका रमेश कंडेलको नयाँ लोकाधुनिक गित “यौवन” यतिबेला चर्चामा छ । नेपाली संगीतको इतिहासमा नयाँ शैलीमा आएको यो भिडियामा अफ्रिकन कलाकारहरुका साथै गीतकार कंडेल स्वयम्को पनि अभिनय रहेको छ ।
अफ्रिकन कलाकार, निर्देशन तथा सम्पादन प्रयोग गरिएको उक्त म्युजिक भिडियोको एनआरएनए युगान्डाको अधिवेशनमा प्रमुख अतिथि सुनिल कार्कीको हातबाट बिमोचन गरिएको छ । एनआरएनए अन्तर्राष्ट्रिय कोषाध्यक्ष हिक्मत थापा, अफ्रिका क्षत्रिय संयोजक सुनिल कार्की तथा एनआरएनए युगान्डाका नवनिर्वाचित अध्यक्ष राजमणि भण्डारी समेतको प्रायोजन रहेको यस भिडियोले नेपाली संगीतलाई बिदेशमा प्रबर्द्धन गर्ने विश्वास राखिएको छ । अफ्रिका तथा नेपाली बीच “यौवन” मित्रताको पुल साबित हुन सक्ने सम्भावना पनि भिडियोले बोकेको छ ।
लोक तथा आधुनिक गीत गरि एक दर्जन गीतमा स्वर दिइसकेका कंडेलको “यौवन” पाँचौ एल्बम “उद्घाटन” एल्बमको एक अंश हो । “के शान्ति आउला” बाट २०६८ मा चर्चा बटुलेका कंडेल निरन्तर विदेशबाट संगीत गरे पनि ओझेल परे जस्तो भएका उनलाई यो गितले फेरी एक पटक चिनाउने विस्वास राख्नन सकिन्छ । भिडियो झट्ट हेर्दा रसिक जस्तो देखिए पनि शब्द र भिडियोको कथा बस्तुलाई गहिराइबाट हेर्दा राम्रो सन्देश बोकेको छ ।
वि.सं.२०७४ असार २५ आइतवार ०८:०२ मा प्रकाशित




























