back
CTIZAN AD

साउदीमा अलपत्र परेका नेपालीहरु यसो भन्छन्(हेर्नुहोस भिडियो)

वि.सं.२०७४ असार २५ आइतवार

807 

shares

saudi-ma-alpatra-10-nepali

गत जुलाई २०१६ मा साउदी स्थित सलमान हसन अल माथु कम्पनीमा कामको लागी गएका १० जना नेपालीहरु समस्यामा परेका छन्।
उनीहरुलाई कम्पनीले ७ महिनायता तलब नदिएको र तलब माग्दा कम्पनीका मालिकले ज्यान पार्ने धम्की दिने गरेको पीडितहरुले बताउछन् ।

उनीहरुले आफूहरु असुरक्षित भएकाले जीवन रक्षा गरी नेपाल फिर्ता आउने वातावरण मिलाइदिन अपिल गरेका छन्। वैदेशिक रोजगारका क्रममा पीडित भएकाहरुको उद्धारमा सहयोग गर्दै आएको नेपाली साझा मञ्चले घटनाबारे उनीहरुसँग प्रत्यक्ष कुराकानी गरी भिडियो सार्वजनिक गरेको छ ।

स्रोत : महेश श्रेष्ठ, संयोजक, नेपाली साझा मञ्च

वि.सं.२०७४ असार २५ आइतवार ०८:२२ मा प्रकाशित