back
CTIZAN AD

अफ्रिकन कलाकार, निर्देशक तथा सम्पादक नेपाली रहेको भिडियो “यौवन” सार्वजनिक

वि.सं.२०७४ असार २५ आइतवार

915 

shares

ramesh-kandel--yauban

गैरआवासीय नेपाली संघ युगान्डाका अध्यक्ष समेत रहनुभएका रमेश कंडेलको नयाँ लोकाधुनिक गित “यौवन” यतिबेला चर्चामा छ । नेपाली संगीतको इतिहासमा नयाँ शैलीमा आएको यो भिडियामा अफ्रिकन कलाकारहरुका साथै गीतकार कंडेल स्वयम्को पनि अभिनय रहेको छ ।

अफ्रिकन कलाकार, निर्देशन तथा सम्पादन प्रयोग गरिएको उक्त म्युजिक भिडियोको एनआरएनए युगान्डाको अधिवेशनमा प्रमुख अतिथि सुनिल कार्कीको हातबाट बिमोचन गरिएको छ । एनआरएनए अन्तर्राष्ट्रिय कोषाध्यक्ष हिक्मत थापा, अफ्रिका क्षत्रिय संयोजक सुनिल कार्की तथा एनआरएनए युगान्डाका नवनिर्वाचित अध्यक्ष राजमणि भण्डारी समेतको प्रायोजन रहेको यस भिडियोले नेपाली संगीतलाई बिदेशमा प्रबर्द्धन गर्ने विश्वास राखिएको छ । अफ्रिका तथा नेपाली बीच “यौवन” मित्रताको पुल साबित हुन सक्ने सम्भावना पनि भिडियोले बोकेको छ ।

ugandaलोक तथा आधुनिक गीत गरि एक दर्जन गीतमा स्वर दिइसकेका कंडेलको “यौवन” पाँचौ एल्बम “उद्घाटन” एल्बमको एक अंश हो । “के शान्ति आउला” बाट २०६८ मा चर्चा बटुलेका कंडेल निरन्तर विदेशबाट संगीत गरे पनि ओझेल परे जस्तो भएका उनलाई यो गितले फेरी एक पटक चिनाउने विस्वास राख्नन सकिन्छ । भिडियो झट्ट हेर्दा रसिक जस्तो देखिए पनि शब्द र भिडियोको कथा बस्तुलाई गहिराइबाट हेर्दा राम्रो सन्देश बोकेको छ ।

वि.सं.२०७४ असार २५ आइतवार ०८:०२ मा प्रकाशित

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...