back
CTIZAN AD

लामा र डंगोल प्रतिबन्धित भारु ४९ लाख ५० हजारसहित पक्राउ

वि.सं.२०७४ असार २८ बुधवार

906 

shares

२८ असार,काठमाडौँ  । प्रतिबन्धित भारतीय रुपैयाँ ४९ लाख ५० हजारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रामेछाप खाँडादेवी गाउँपालिका बस्ने मानबहादुर लामा र काठमाडाँै स्वयम्भु बस्ने अमित डंगोललाई मङ्गलबार खुशीबु लिंङ्क रोडबाट केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरुका साथबाट भारु १००० दरको तीन हजार १०० वटा र भारु ५०० दरको तीन हजार ७०० वटा नोट गरी जम्मा भारु ४९ लाख ५० हजारसहित पक्राउ गरेको हो ।

नेपाल तथा विशेष गरी भारतबाट नेपालका विभिन्न नाकाबाट अवैध तरिकाले हाल भारतले प्रतिबन्ध लगाएको भारु ५०० र भारु १००० र का नोट नेपालमा भित्र्याइ अवैधरुपमा कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि प्रहरीले राजश्व अनुसन्धान विभाग, पुल्चोक ललितपुरमा बुझाएको छ । रासस

वि.सं.२०७४ असार २८ बुधवार १४:२४ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...