back
CTIZAN AD

प्रतिवद्धता गरेका योजनाहरु छनौट गर्न गाउँ गाउँमा पुगे मेयर

वि.सं.२०७४ साउन १ आइतवार

1K 

shares

mayorहेमन्त के सी, १ साउन, जाजरकोट । चुनावको समयमा प्रतिवद्धता पत्रमा उल्लेख गरेका योजनाहरु छनोट गर्न त्रिवेणी नलगाड नपाका मेयर गाउँगाउँमा पुगेका छन् । वस्ती स्तरवाट जनतालाई चाहिएको ठोस योजना वनाउन मेयर टेकवहादुर रावल गाउँगाउँमा पुगेका हुन् ।
साविकका ४ गाविसलाई मिलाएर त्रिवेणी नलगाड नपा वनाएपछि भुभाग पनि ठुलो भएको छ । धेरै सम्भावना वोेकेको नपा मध्य यो एक नम्वरमा पर्दछ । योजना डुव्लिकेशन हुँन नदिन र काम नगरि खाने प्रवृती विरुद्ध मेयर रावल निर्मम भएर लागेका छन् । विगतका योजनाहरु कडाईका साथ अनुगमण गर्नुका साथै अव वन्ने योजना वस्तुवादी वनाउन उनी सल्लाह माग्दै गाउँ गाउँमा पुगेका हुँन् । जिल्लाका सवै नपा र गापामा परिषद सम्पन्न भएपनि यहाँको त्रिवेणी नलगाडमा भने मेयर आफै गाउँमा गई योजना छान्न थालेपछि सावन ७ गतेलाई वैठक सारिएको छ । वडा अध्यक्षलाई साथमा लिएर गाउँ गाउँमा पुग्दा जनताहरु अनौठो मान्ने गरेका छन् ।
योजना वनाउदा अपनाउनु पर्ने विधी प्रकृया र चरणका विषयमा सवै जनता र जनप्रतिनीधिलाई वुझाउन सावन २ गते देखि विज्ञ वोलाएर प्रशिक्षण सञ्चालन गर्न लागिएको मेयर रावलले वताए । आज सम्म नेताले टिपाएकै भरमा योजना वनाउदै आएकोमा त्यसलाई निरुतसाहित गर्नका लागि योजना जनताकै विचवाट आउनु पर्ने उनको भनाई छ । नगरपालिकामा ईन्टरनेट विस्तारका लागि र सुचनाको प्रभावकारी विस्तारका लागि सञ्चारमन्त्रालयलाई पत्राचार भईसकेको उनले वताए । नलगाड जलविद्युत आयोजना ( ४१० मेघावाट ) तासुँगाड जलविद्युत आयोजना (४ मेघावाट ) यहि नपा भित्र पर्दछन् ।
कुचो समाएर दैनिक सरसफाईमा मेयर
दैनिक वजार क्षेत्र फोहोर भईरहेको समयमा त्रिवेणी नलगाड नपाले दैनिक सरसफाई अभियान थालेको छ । मेयर टेकवहादुर रावलको नेतृत्वमा दैनिक दिन विहानै कुचो समातेर यहाँको दल्ली , कालीमटी ,वगारा लगाएका मुख्य वजारमा सरसफाई हुँदै आएको छ ।
जथाभावी फोहोर फाल्नेलाई पहिलो पटक सम्झाउने , दोस्रो पटक नमानेमा जरिमाना गर्ने लगाएका काम हुँने गरेको मेयर रावलले वताएका छन् । सम्वृद्धी विकास खोज्न वाहिर जानु पदैन ,आफैवाट सुरु गर्नुपर्छ भन्दै यहाँको नगरपालिकाले त्यसको अगुवाई गरेको नपाका कार्यक्रारी प्रमूख सुरेन्द्र सिंहले वताए । दैनिक मेयर र कर्मचारीहरु कुची समातेर सडक , वजारमा सरसफाईमा व्यस्त देख्दा स्थानीयहरु पनि स्वत स्र्फुत तरिकाले सरसफाई अभियानमा सहभागी हुँने गरेका छन् । अहिले वजारमा पलास्टिक , अन्य फोहोर वस्तु कसैले पनि जथाभावी निकाल्ने काम वन्द गरेको कार्यकारी सिंहले वताए ।
हामी हाम्रो नपावाट अरुले सिकुन भन्ने चाहान्छौँ सिंहले भने । त्यस्तै भेरी नपाले वातावरण हराभरा वनाउन अभियान थाल्ने भएको छ । राजनीतिमा आउनु अघि शिक्षक र जनसरकार प्रमूख भईसकेका रावल अत्यन्तै मिलनसारको सुचीमा पर्दछन् ।

वि.सं.२०७४ साउन १ आइतवार १२:२२ मा प्रकाशित

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु...

दुई सय केजी गाँजा बरामद

दुई सय केजी गाँजा बरामद

इनरुवा (सुनसरी) । सुनसरीको हरिनगर गाउँपालिका–३ बाट गए राति २००...

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...