back
CTIZAN AD

विराटनगरको कार्यपालिकामा काँग्रेसको बहुमत

वि.सं.२०७४ साउन ३ मंगलवार

660 

shares

३ साउन,  विराटनगर । विराटनगर महानगरपालिकाको २९ सदस्यीय कार्यपालिकामा नेपाली काँग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको छ ।

नगरसभाको सोमबार सम्पन्न निर्वाचनमा आफ्ना सात सदस्य निर्वाचित भएपछि काँग्रेसलाई स्पष्ट बहुमत पुगेको हो ।

कार्यपालिकाको गठनसम्बन्धी व्यवस्थाअनुसार महानगरपालिकाको प्रत्येक वडाबाट निर्वाचित पाँचजना सदस्यमध्येबाट कार्यपालिकाको सदस्यका लागि निर्वाचन गर्नुपर्ने हुन्छ ।

सो नगरकार्यपालिकामा काँग्रेसबाट १८, सङ्घीय समाजवादी फोरमबाट छ, नेकपा (एमाले)बाट तीन, नेकपा (माओवादी केन्द्र)बाट दुईजना रहनेछन् । पाँच महिला पदका लागि ११ जनाले प्रतिस्पर्धा गरेकामा काँग्रेसबाट सात र माओवादी केन्द्रबाट एकजना विजयी भएका हुन् ।

निर्वाचित महिला सदस्यहरुमा काँग्रेसबाट सुशीला पोखरेल ५३ मत, कमला सुब्बा ५३, बिनादेवी धानुक ५२, शीला श्रेष्ठ ५२ र माओवादी केन्द्रबाट चम्पा खत्रीले ५२ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यसैगरी, दलित र अल्पसंख्यकको तर्फबाट काँग्रेसका अरुण खेतान ५४, गायत्री दास ५४ र राजेश भुजेल ५१ मत प्राप्त गरी विजयी भएका छन् ।
महानगरपालिकाको सदस्यका लागि काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो ।

वि.सं.२०७४ साउन ३ मंगलवार ०६:०६ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...