back

एक छाक टार्न धौधौ हुनेलाई सरकारले बनाईदियो पक्की घर

वि.सं.२०७४ साउन ५ बिहीवार

444 

shares
GLOBAL IME AD
NTC AD

janataa५ साउन , भद्रपुर। गाँस, बास र कपासको जोहो गर्न नसक्ने परिवारका लागि पक्की घर बन्न थालेपछि उहाँहरु औधी खुशी देखिनुभएको छ ।

बनाउन नसक्ने परिवारका लागि सरकारले पक्की घर बनाउन थालेपछि उनीहरुले कच्ची र माटोको घरमा बस्ने समस्याबाट छुटकारा पाउने भएका छन् ।

ghar

सरकारले जनता आवास कार्यक्रमअन्तर्गत विपन्न दलित तथा मुस्लिम समुदायका लागि झापामा ५०० वटा घर निर्माण गर्न लागेको छ । चार सय ९४ जनाको घर निर्माणको सम्झौता भइसकेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, इलामबाट खटिनुभएका फिल्ड प्रमुख इन्जिनियर सुमनकुमार मिश्रले जानकारी दिनुभयो ।

विपन्न दलित तथा मुस्लिम समुदायका लागि सरकारले प्रति परिवारलाई रु दुई लाख १४ हजार अनुदान सहयोग गरेको छ । भान्सा कोठासहित तीनकोठे घर निर्माणका लागि सरकारले सो अनुदान सहयोग गरेको हो ।

“आफ्नो क्षमताले यस्तो घर बनाउन सक्ने अवस्था थिएन, अब पक्की घरमा बस्न पाइने भयो,” बुधबारेका चन्द्र दर्जीले भन्नुभयो ।

शनिअर्जुन नगरपालिकाका भक्तबहादुर दमार्इं मजदुरी गरेर परिवार पाल्ने गर्नुहुन्छ । यस्तो अवस्थामा पक्की घर बनाउन सक्ने कुरै भएन । तर सरकारले बनाइदिएको घरबाट जीवनमा धेरै परिवर्तन आउने बताउनुहुन्छ ।

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलाका एकाइ कार्यालय, चन्द्रगढीका अनुसार अहिलेसम्ममा कुल रु चार करोड ९५ लाख ७४ हजार वितरण भइसकेको छ । पहिलो किस्तास्वरुप ३४२ जनालाई रु एक करोड ८३ लाख ५६ हजार, दोस्रो किस्ता ३२६ जनालाई रु दुई करोड नौ लाख ९७ हजार र तेस्रो किस्ता १३६ जनालाई रु एक करोड दुई लाख १९ हजार वितरण गरिएको छ ।

जनता आवास कार्यक्रम झापाको मेचीनगर नगरपालिका, गरामुनी, बिर्तामोड, बाहुनडाँगी, शिवसत्ताक्षी, शनिअर्जुन, बुधबारे, खजुरगाछी, गौरादह, भद्रपुर, तोपगाछी, केचना, दमक र चकचकीमा सञ्चालन गरिएको लन गरिएको छ । रासस

वि.सं.२०७४ साउन ५ बिहीवार ११:४१ मा प्रकाशित

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

राजेन्द्रप्रसाद पनेरू, कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो...

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

काठमाडौँ । उपन्यासकार तथा कवि ‘बुद्धिसागर’को कथामा निर्माण गरिएको चलचित्र...

आलुको परिकार नै मान्छेको लागि घातक, यस्तो परिकार फाइदाजनक …

आलुको परिकार नै मान्छेको लागि घातक, यस्तो परिकार फाइदाजनक …

काठमाडौँ । नेपालीहरूको भान्सामा आलुको परिकार नपाकेको दिन हुन्न ।...

नगरपालिकाद्वारा क्षयरोगको औषधि नियमित खानेलाई पोषणयुक्त खानेकुरा

नगरपालिकाद्वारा क्षयरोगको औषधि नियमित खानेलाई पोषणयुक्त खानेकुरा

झापा । मेचीनगर नगरपालिकाले क्षयरोग नियन्त्रणका लागि प्रत्यक्ष निगरानीमा औषधि...

धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या

धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या

चितवन । एक व्यक्तिले आज धारिलो हतियार प्रहार गरी दुई...

कारको ठक्करबाट दुई जनाको मृत्यु

कारको ठक्करबाट दुई जनाको मृत्यु

कृष्णनगर (कपिलवस्तु) । बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा प्रातः भ्रमणमा निस्किएका दुई...