back
CTIZAN AD

एक छाक टार्न धौधौ हुनेलाई सरकारले बनाईदियो पक्की घर

वि.सं.२०७४ साउन ५ बिहीवार

966 

shares

janataa५ साउन , भद्रपुर। गाँस, बास र कपासको जोहो गर्न नसक्ने परिवारका लागि पक्की घर बन्न थालेपछि उहाँहरु औधी खुशी देखिनुभएको छ ।

बनाउन नसक्ने परिवारका लागि सरकारले पक्की घर बनाउन थालेपछि उनीहरुले कच्ची र माटोको घरमा बस्ने समस्याबाट छुटकारा पाउने भएका छन् ।

ghar

सरकारले जनता आवास कार्यक्रमअन्तर्गत विपन्न दलित तथा मुस्लिम समुदायका लागि झापामा ५०० वटा घर निर्माण गर्न लागेको छ । चार सय ९४ जनाको घर निर्माणको सम्झौता भइसकेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, इलामबाट खटिनुभएका फिल्ड प्रमुख इन्जिनियर सुमनकुमार मिश्रले जानकारी दिनुभयो ।

विपन्न दलित तथा मुस्लिम समुदायका लागि सरकारले प्रति परिवारलाई रु दुई लाख १४ हजार अनुदान सहयोग गरेको छ । भान्सा कोठासहित तीनकोठे घर निर्माणका लागि सरकारले सो अनुदान सहयोग गरेको हो ।

“आफ्नो क्षमताले यस्तो घर बनाउन सक्ने अवस्था थिएन, अब पक्की घरमा बस्न पाइने भयो,” बुधबारेका चन्द्र दर्जीले भन्नुभयो ।

शनिअर्जुन नगरपालिकाका भक्तबहादुर दमार्इं मजदुरी गरेर परिवार पाल्ने गर्नुहुन्छ । यस्तो अवस्थामा पक्की घर बनाउन सक्ने कुरै भएन । तर सरकारले बनाइदिएको घरबाट जीवनमा धेरै परिवर्तन आउने बताउनुहुन्छ ।

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलाका एकाइ कार्यालय, चन्द्रगढीका अनुसार अहिलेसम्ममा कुल रु चार करोड ९५ लाख ७४ हजार वितरण भइसकेको छ । पहिलो किस्तास्वरुप ३४२ जनालाई रु एक करोड ८३ लाख ५६ हजार, दोस्रो किस्ता ३२६ जनालाई रु दुई करोड नौ लाख ९७ हजार र तेस्रो किस्ता १३६ जनालाई रु एक करोड दुई लाख १९ हजार वितरण गरिएको छ ।

जनता आवास कार्यक्रम झापाको मेचीनगर नगरपालिका, गरामुनी, बिर्तामोड, बाहुनडाँगी, शिवसत्ताक्षी, शनिअर्जुन, बुधबारे, खजुरगाछी, गौरादह, भद्रपुर, तोपगाछी, केचना, दमक र चकचकीमा सञ्चालन गरिएको लन गरिएको छ । रासस

वि.सं.२०७४ साउन ५ बिहीवार ११:४१ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...