back
CTIZAN AD

भरतपुर महानगरपालिका घेराउ

वि.सं.२०७४ साउन ५ बिहीवार

966 

shares

५ साउन,काठमाडौंँ  । चितवन जिल्लास्थित भरतपुरका तरकारी व्यापारीले आज भरतपुर महानगरपालिका कार्यालय आजदेखि घेराउ गरेका छन् । नेपाल फलपूmल तथा तरकारी व्यवसायी महासङ्घले आज काठमाडौंँमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओमप्रकाश घिमिरेले भरतपुर, लायन्स चोकमा रहेको तरकारी बजारको सञ्चालन एकल ठेकेदारलाई दिने महानगरपालिकाको निर्णयविरुद्ध घेराउ गरेको बताउनुभयो ।

साना बजार पूर्वाधार आयोजनाले उक्त तरकारी बजारको निर्माण गरेको थियो । दैनिक फलफूल र तरकारी गरी रु चार करोड ५० लाख कारोबार हुने बिक्री केन्द्रलाई महानगरपालिकाले मासिक रु १२ लाख ५० हजारमा ठेकेदारलाई दिने निर्णय गरेको छ ।

हाल व्यापारीले महानगरपालिकालाई बिक्री कक्ष प्रयोग गरेबापत मासिक रु आठ लाख ५० हजार बुझाउने गर्छन् । यही साउन ८ गते महानगरपालिकाले ठेकदारसंँग गर्न लागेको सम्झौताविरुद्ध लागेका तरकारी व्यापारीले २०५० सालदेखि सो स्थानमा तरकारी तथा फलपूmलको कारोबार गर्दै आएका छन् ।

महानगरपालिकाको स्वामित्वमा रहेको सात रोपनी जमिनमा बिक्री कक्ष निर्माण गरी सुरु भएको बजारमा अहिले तीन सय व्यवसायी कार्यरत छन् । अहिले महानगरपालिकाको ५७ र निजी क्षेत्रको १०० बिक्री कक्षमार्फत चितवन सहित १६ जिल्लाका फलपूmल र तरकारीको मागलाई बजारले पूरा गर्दै आएको छ ।

महानगरपालिकाले स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा स्थानीय स्वायत्त शासन नियमावली २०५६ र स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ अनुसार बोलपत्र आह्वान गरी तरकारी बजार ठेकेदारलाई दिने निर्णय गरेको थियो । रासस

वि.सं.२०७४ साउन ५ बिहीवार १५:४६ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...