Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

सेरोगेसी कविता र बिसे नगर्चीसँग–त्यो रात !



milan-kanchha-kirati

मध्यान्हदेखि सिमसिमे झरी रोकिएको छैन । बर्षातले कोरिया सोल भिजाईरहेछ । भित्तेघडीले आठ बजेको देखाउँछ । सोल, दोङ्देमुनको एक साँघुरो नेपाली रेष्टुराँ ! भित्तामा साहित्य साँझ लेखिएको व्यानर अघि नै झुण्ड्याईएको छ । दिनभरिको कामको थकान अनुहारभरि बोकेका अल्लारे यूवाहरु बाक्लिदै जान्छन् । केही जोडीहरु कुनामा गफिरहेका छन । केही मानिसहरु जलपान, नास्ता गरेर बाहिरिदैछन् । यत्तिकैमा बिसे नगर्चीको बयान दिने कवि, प्राज्ञ श्रवण मुकारुङ भित्रन्छन् । उनका साथमा देखा पर्छन, आख्यानकार–रत्नमणि नेपाल ! र, केही कोरियन कविहरु । विस्तारै माहौल साहित्यमय हुन थाल्छ । असारसँग जोडिएर सुरुआतमै केही भद्धा कविता आउँछ–सेरोगेसीजस्तै । प्राज्ञ मुकारुङ प्रमूख अतिथि र आख्यानकार नेपाल विशेष अतिथिको रुपमा शोभायमान कार्यक्रममा केही कविता वाचनसँगै समकालीन नेपाली साहित्य र राजनितीको सम्बन्धबारे सामान्य विमर्श गर्ने जमर्को हुन्छ ।

कविता सुनेर धेरैले मज्जा लिए । थकान मेटाए । कविताहरु अधिकाङ्श अर्गानिक र उत्कृष्ट थिए । तर, केही कविताहरुको विम्व, भाषा–शैली प्रस्तुतिकरणसमेत स्थापित कविहरुको नक्कल जस्तो लाग्द’थ्यो । कुनै कविताहरु सुन्दै गर्दा विप्लव ढकालको झझल्को आउथ्यो ! कुनै स्वयं श्रवण मुकारुङ र अरु स्थापित कविहरुको जस्तो भान हुन्थ्यो । कवि प्राज्ञ श्रवण दाइले खुलेरै सुझाईरहेका थिए–‘वाह–वाह र ताली खानमात्रै सिर्जना गरिदैन । यस क्षेत्रमा स्थापित हुन आफ्नो छुट्टै मौलिकतामा ध्यान दिनुहोस् । अबको जिम्मेवारी तपाईहरुको काँधमा छ ।’ उनले सुझाएका सेरोगेसी सृजनाहरुलाई थियो । एउटा नारीले सन्तान सकुशल जन्माउँछिन । तर, सन्तान जन्माईसकेपछि त्यसकोे अभिभावक अरु नै हुने पहिल्यै सम्झौता गरिसकेकी हुन्छिन । यसलाई सेरोगेसी भनिन्छ । यो सिर्जनामा पनि लागु हुन्छ । कुनै स्थापित स्र्रष्टाबाट प्रभावित भएको व्यक्तिले लेख्ने रहर गर्दा यस्तोखाले सृजना हुन पुग्छ । यो एउटा स्थापित हुन प्रयास गर्ने असल साधक, सर्जकको लागी ठूलो दुर्भाग्य नै हो ।

मैले त्यतिखेर झल्झली दशकअघि साठी–एकसठ्ठी सालतिर सम्झन पुगेँ । जतिखेर लेखन आधा दशक अघिदेखि सुरुआत गरे पनि पहिलो कविताकृति शान्तिको खोजी कविता सङ्ग्रह वाम्बुले साहित्य प्रकाशनबाट प्रकाशित गरेको थिएँ । मैले क्याम्पसका प्रायः सबै साहित्यका विद्यार्थी साथीहरुलाई दिएँ । अरुहरुलाई पनि दिएँ । प्रायः धेरैले राम्रो छ, भने । यथार्थपरक, विद्रोहचेत, वेजोड विम्व, व्यङ्ग्य प्रयोग भएको रिमालको जस्तो, भूपिको जस्तो, सिद्धिचरणको जस्तो भने । तर, कसैले मेरोजस्तो भनेनन् । उनीहरुको कुरा सुनेर कुनै हौसला मिलेन । बरु, निकै दुःख लाग्यो । मैले मेरोजस्तो सिर्जना गर्न नसकेको रहेछु । मेरो हो भन्ने सिर्जना मैले गर्न नसकेसम्म के राम्रो ? के वेजोड ? कसैले राम्रो भनिदिनुको कुनै तूक नै थिएन । आफ्नै हो भन्ने बनाउँन परख गर्दागर्दै दुई कविता, एक कथा सङ्ग्रह मातृभाषा र नेपालीमा आईसके । सयौँ फुटकर सृजना भईसके । मेरो सिर्जनाहरु आफ्नैजस्तो भए कि अरुको जस्तो भए ? आफै कसरी थाहा पाउने ? आलोचनात्मक सृजनशील टिप्पणी गर्नेहरुको खडेरी नै छ । तसर्थ, अझै अन्यौलग्रस्त छु । कतिलाई मन पर्ला, कतिलाई मन नपर्ला ! श्रवण दाइले सही कुरा सुझाउँदै थिए । उनको कुरा सुनेर म चाँहि निकै खुशी भएँ ।

कोरियाको काम यन्त्रिक हुन्छ । चौध, सोह्र घण्टा मेशिन चल्छ । मेशिनसँगै मान्छे चल्नु पर्छ । प्रायजसो लगातार काम गर्नुपर्छ । यस्तो कामको चापलाई थेगेर सिर्जनामा जुट्नेहरुले नेपाली साहित्यमा केही न केही योगदान दिने सोचेका होलान् । नेपाली साहित्य, वाङ्मयमा केही नयाँ आयाम थप्ने, योगदान दिने सोंच हो भने मौलिकतामा जोड दिनसके सार्थक हुन सक्ला ! कोरियामा दुईथोपा आँशुले महाकाव्य लेख्ने कविहरु पचास हजार छन् । सबैका आ–आफ्नै नलेखिएका विशिष्ट कारुणिक अथाह कथाहरु छन । तर, अक्षरको खेती गरेर आख्यन र काव्यत्मक आधारभूमि बनाउँन प्रयास गर्नेहरु औंलामा गन्न सकिन्छ । कुनै साहित्यिक संस्थामा पदीय जिम्मेवारी लिनु साहित्य साधना होइन । त्यो त साङ्गठनिक, प्रशासनिक कृयाकलाप र जिम्मेवारी मात्रै हो । कुनै अमूक पुरस्कार थाप्नु पनि ठूलो कुरा होइन । त्यो त झन थोरैे भए पनि घमण्ड प्रवेश गराएर आफ्नो सिर्जनाको हत्या गर्ने हतियार मात्र हो । कार्यक्रममा बोल्दै नेपाली साहित्य लेखनमा पछिल्लो समय काव्य लेख्नेभन्दा आख्यन लेख्नेहरुको अभाव खड्किएको कुरा आख्यानकार रत्नमणि नेपालले बताए । कार्यक्रम सकिएपछि सबैजनाले खानपान ग¥यौँ ।

रातको दुई बजिसकेको रहेछ । तीन वटा ट्याक्सी लिएर होटलतिर लाग्यौँ–कवि श्रवण मुकारुङ, आख्यनकार रत्नमणि नेपाल, कवि पराजित पोमु, यल्जी विवश, मातृका नेम्बाङ, निर्गराज राई, बहिनी सुश्मा राई, उमेश सेरालुङ, एकजना कम्पनी छाडेर काम खोज्दै बसेका भाइ र म । श्रवण दाइले कोरिया आईपुगेपछि मलाई सोधखोज गर्नु भएछ । कवि पराजित पोमुले सम्पर्क गरेर भनेपछि मैले दाइलाई सम्पर्क गरेँ । त्यसपछि, बल्ल हाम्रो भेट हुनसक्यो । भेटघाट अविस्मरणीय रह्यो । होटल पुगेपछि दाइसँग लामो अन्तरङ्ग कुराकानी भयो । वैरागी काइलासँगको रोचक किस्सा पनि सुनाउनु भयो । सबैलाई हसाउँनु भयो । गलल्ल हास्यौँ । रमायौँ ।

बिसे नगर्चीको बयान कविता कृतिबाट केही थान कविता वाचन गर्नु भयो । वैदेशिक रोजगारका कारण टाढिएका युगल जोडीका कथालाई उद्घाटन गरिएको मर्मस्पर्शी गीत मिसकल र सुन रे सियाराम मीठो लय हालेर गाउनु भयो । सबैले सुन्यौँ । आनन्द लियौँ । बीच–बीचमा इतर कवि पराजित पोमु श्रवण दाइसँग जिज्ञासा राख्थे । जसले हाम्रो बसाई अझ रोचक, रमाईलो हुदै थियो । कोरियामा रहेर कवितालाई नजिकबाट बुझ्ने, लेख्ने स्थापित कवि पराजित पोमु लेप्मुहाङको डुङ्गा कविता कृतिबाट अझ धेरै परिचित छन् । कविता लेखनमा उनको सशक्त हस्तक्षेप देखिएको छ । उनले समाजका कुरिति र विभेदलाई कविताबाट आक्रोश र आलाप पोख्ने पुरानो नारावादी धारलाई चिरेर खिसी–टिउरी, गिज्ज्याउने नयाँ धार इत्तर आवाज सिर्जना गर्ने अभियानमा छन् । यो धार आक्रोश, नारावादी कविताको धारभन्दा सयौँ गुणा सशक्त देखिन्छ । नेपाली शब्दकोशमा खिस्याउँने, गिज्ज्यााउने अनेकन अथाह शब्द वाणको भण्डार रहेको स्वयं श्रवण मुकारुङ कुराकानीको क्रममा बताउँछन् । कविता गीत सुन्दा–सुन्दै विहानको उज्यालो झ्यालबाट छिर्छ । म कत्तिखेर निद्राले ढलेछु । श्रवण दाइले म सुतेपछि ज्योतिषीको हात हेर्ने ठट्टयौली शुरु गर्नुभयो रे । साथीहरुले पछि खुब हाँस्दै सुनाईरहेका थिए । बिसे नगर्चीको स्रष्टासँग त्यो रात अविस्मरणीय मात्रै रहेन । एतिहासिक पनि रह्यो ।
[email protected]


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौं दरबारमार्गमा विदेशी मदिराको कारोबार गरिरहेको पसल ग्रीनलाइन सेन्टरका सञ्चालकको विषय अहिले

काठमाडौं । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) द्धारा सन्चालित धुर्मुस

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक