back
CTIZAN AD

भारतमा दुई नेपाली कलाकार सम्मानित

वि.सं.२०७४ साउन ६ शुक्रवार

1.1K 

shares

samundra-man-shresthaकाठमाडौं । दुई नेपाली कलाकारले भारतको मुम्बईमा पुरस्कार प्राप्त गर्नुभएको छ । कलाकारद्वय महेश आचार्य र समुद्रमानसिंह श्रेष्ठले ‘स्पन्दन इन्टरनेशनल’ बाट ‘एक्सिलेन्ट अवार्ड’ प्राप्त गर्नुभएको हो । स्पन्दनले भारतका विभिन्न स्थानमा ४५ महिनाका बीचमा दुई हजार ५०० कलाकार सहभागी गराई प्रदर्शनीको आयोजना गरेको थियो । ती प्रदर्शनीमा सहभागी कलाकारमध्येबाट विश्वका विभिन्न मुलुकका १० कलाकारलाई सम्मान दिइएको कलाकार आचार्यले बताउनुभयो ।

यही साउन २ गते मुम्बईस्थित ‘मुम्बई आर्ट सोसाइटी’मा भारतका कलाकार पृथ्वी सोनीले कलाकारलाई सम्मान प्रदान गर्नुभएको थियो । नेपाली कलाकारले पाएको सम्मानले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन मद्दत गरेको कलाकार आचार्यले बताउनुभयो । कलाकार श्रेष्ठले नेपाली कलाकारले पनि अन्तर्राष्ट्रियस्तरका कला सिर्जना गर्नसक्छन् भन्ने कुरा पछिल्ला कला प्रदर्शनीमा पुष्टि भइरहेको बताउनुभयो । दुई वर्षअघि १२ नेपाली कलाकारको प्रदर्शनी भारत, हिमाञ्चल प्रदेशको सिम्लामा भएको नेपाल ललितकला पत्रकार समाजका महासचिव देवेन्द्र थुम्केलीले जानकारी दिनुभयो । सो प्रदर्शनीमा कलाकार श्रेष्ठ र आचार्य सहभागी हुनुभएको थियो ।

वि.सं.२०७४ साउन ६ शुक्रवार ०२:४७ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...